पर्सामा एउटै नम्बर प्लेटका दुईवटा भारतीय ट्रक फेला, भन्सार कार्यालयमा बुझाइयो।

समाचार

रसीद आलम ,बिरगंज ,२६ कार्तिक।

सशस्त्र प्रहरीले पर्सामा एउटै नम्बर प्लेटका दुईवटा भारतीय ट्रक फेला पारी भन्सार कार्यालयमा बुझाएको छ।

कार्तिक २२ गते बिहान ९:३० बजे पर्साको एकीकृत भन्सार जाँच चौकी (ICP) को परिसरभित्र सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टर, पर्साबाट खटिएको टोलीले एउटै नम्बर प्लेट युपि ४० टि ९४४०भएका दुईवटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी नायब  निरीक्षक सबिन खड्काको कमान्डमा खटिएको चारजनाको टोलीले ती ट्रकहरू नियन्त्रणमा लिएपनि दुवै ट्रकका चालक र सहचालक सम्पर्कमा नआएको जनाएको छ।

ती दुई ट्रकसहित रु ५८ लाख बराबरको सामान र रु ७५ लाख  मूल्यका ट्रकहरू गरी कुल रु १ करोड ३३ लाख बराबरको ट्रक र सामान कार्तिक २६ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डिएसपी बिष्णु हरि घिमिरेले जानकारी दिएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *