वीरगञ्जमा ठुलो परिमाणमा लागूऔषधसहित एक युवक पक्राउ

समाचार

रसीद आलम ,पर्सा,२६ कार्तिक ।

वीरगञ्ज महानगरपालिका-१४ स्थित गण्डक चेकपोस्ट नजिक सडकबाट १,२०० एम्पुल डाइजेपाम, १,१८५ एम्पुल फेनारगन, र १,१९५ एम्पुल नुर्फिनसहित २३ वर्षीय राज महम्द देवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६६६ नम्बरको बसमा जाँच गर्ने क्रममा लागूऔषधसहित देवानलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका देवानमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *