पर्सा : सशस्त्र प्रहरी वल नेपालद्वारा अबैध लत्ताकपडा पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज , २४ असोज ।

पर्सा जिल्लाको विरगंज महानगरपालिका ५ रेल्वे मार्गबाट असोज २४ गते करीव २ लाख ८१ हजार रुपैयाँ बराबरको भन्सार छली  चोरीपैठारीको लत्ताकपडा र साईकल पक्राउ गरिएको सशस्त्र प्रहरी वल पर्साले जनाएको छ ।

विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले भारतबाट अवैध रुपले तीन वटा साईकलमा राखी ल्याउँदै गरेको  लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सङ्गम श्रेष्ठले जनाएका छन्  ।

बरामद लत्ताकपडा तथा साईकल भन्सार कार्यालय विरगंजमा बुझाईएको डिएसपी श्रेष्ठले बताए  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *