काठमाडौं, ७ जेठ । । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने र निर्दाेष फसाउन खोजिएको आरोप लगाएका छन् ।
शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दाेष फसाउन र दोषी उम्काउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
आफ्नो पार्टी अपराधि नउम्किने र निर्दाेष कोही नफसोस् भन्दै उनले निर्दाेष फसाउने र दोषी उम्काउने काम बन्द गर्न बताए ।
प्रमुख तीन दलका शीर्ष नेताहरुको बीच भएको भेटमा दोषी उम्काउन खोजिएको भनेर भएको टिप्पणीप्रति आपत्ति जनाउँदै उनले भ्रष्टाचारविरुद्ध भएका छानबिनमा एमाले सहयोग गर्न तयार रहेको बताए ।
केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिपिम्पयाधुराको अवस्थाबारे सरकारसँग जवाफ मागेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशको सीमा सुरक्षाको अवस्थासहित कालापानीकाबारेमा जानकारी मागेका हुन् ।
‘कालापानी क्षेत्रको अवस्था के छ ? सीमा सुरक्षित नै छ ? भन्दै उनले प्रश्न गरे ।
