सिम्रौनगढ सीमाक्षेत्रबाट १५०० थान लागू औषध बरामद

समाचार

बारा,१ चैत ।

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–६ स्थित सतुवाई बोर्डर क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध बरामद गरेको छ।

मंगलवार साँझ करिब ५:५० बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी सहायक निरीक्षक विजय महतोको कमाण्डमा खटिएको गस्ती टोलीले भारतको घोडासहनतर्फबाट नेपाल प्रवेश गर्न लागेको एक व्यक्तिलाई शंकास्पद रूपमा देखेपछि जाँच गर्न खोज्दा उक्त व्यक्ति प्लास्टिकको बोरा फालेर भारततर्फ फरार भएको थियो।

प्रहरी टोलीले झोलाको जाँच गर्दा पाँच वटा साना कार्टुन फेला परेका थिए। कार्टुनहरूको टेप हटाई खोल्दा लागू औषध Diazepam 2ml (५०० एम्पुल), Noophine 2ml (५०० एम्पुल), र Phenargan 2ml (५०० एम्पुल) गरी जम्मा १५०० एम्पुल लागू औषध लुकाइछिपाइ ल्याइँदै गरेको पाइएको थियो।

बरामद लागू औषधलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। फरार व्यक्तिको खोजी कार्य भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *