स्रोत नखुलेको १२ लाख नगदसहित दुई जना पक्राउ

समाचार

पर्सा, जेठ १९। विशेष सूचनाका आधारमा पर्सा प्रहरीको टोलीले वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुर चौकमा सवारी साधन चेकजाँच गर्ने क्रममा १२ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

मधेश प्रदेश ०३–०२९ प ४९७४ नम्बरको रातो–कालो पल्सर मोटरसाइकलमा सवार पर्सा जिल्ला पकाहामैनपुर गाउँपालिका–२ बस्ने २५ वर्षीय सुरेश कुमार बर्णवाल र भारत बिहार राज्यको बेतिया बकुलहर बस्ने १९ वर्षीय सत्यम कुमारलाई चेकजाँच गर्दा शंका लागी जाँच गर्दा उनीहरूबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १२,००,००० (बाह्र लाख) नगद बरामद भएको प्रहरीले जनाएको छ।

बरामद रकममध्ये नेपाली १००० दरका नोट ७७१ थान (रू. ७,७१,०००) र ५०० दरका नोट ८५८ थान (रू. ४,२९,०००) रहेका छन्। रकम उनीहरूले मोटरसाइकलमा लुकाएर ल्याएको पाइएको छ। पक्राउ परेका दुबै जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५(क) अनुसार हुण्डी कारोबारको आशंकामा पक्राउ गरी तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए ।

बरामद विवरण:

  • नेपाली रुपैयाँ १२,००,००० (बाह्र लाख) नगद
  • नम्बर प्लेट ०३–०२९ प ४९७४ भएको पल्सर मोटरसाइकल

पक्राउ परेकाहरू:
१. सुरेश कुमार बर्णवाल, २५ वर्ष, पर्सा, पकाहामैनपुर गाउँपालिका–२
२. सत्यम कुमार, १९ वर्ष, भारत बिहार, बेतिया बकुलहर

पर्सा प्रहरीले हुण्डी कारोबार र रकम श्रोत पहिचानका लागि थप अनुसन्धान भइरहेको जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *