सिम्रौनगढको मेयर चढने गाडी दुर्घटना

समाचार

बारा,  १ जेठ ।
बारा सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने सरकारी नम्बर प्लेटको स्कार्पियो गाडी रौतहटमा दुर्घटनाग्रस्त भएको छ।

 

रौतहटको चन्द्रनिगाहपुरबाट कटहरीया हुदै सिम्रौनगढ तर्फ जादै गरेको बा २ झ ४३५४ नम्बरको  मेयर स्कारपियो गाडी देवाही गोनाही नगरपालिका ५ नारायणचोक देखि २०० मिटर उत्तर तर्फ  बाटोमा दुर्घटना भएको हो।आफै अनियन्त्रित भई दुर्घटना हुदाँ गाडी पुर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

 

गाड़ी र चालक जिल्ला बारा सिम्रौनगढ १ बैरियाका बर्ष ४० को मुस्तुफा आलमलाई सामान्य चोटपटक लागेको र अवस्था सामान्य रहेको प्रवक्ता रायले जानकारी दिएका छन्।

 

घटनास्थलमा ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट असई अर्जुन मण्डलको कमाण्डमा टोली खटी गई गाडीमा चालक मात्र सवार रहेको गाडी र चालक नियन्त्रणमा लिएको छ। उक्त गाडी दुर्घटना हुँदा मेयर किशोरी प्रसाद कलवार नरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *