गाँजासहित भारतीय नागरिक पर्साबाट पक्राउ, कार समेत नियन्त्रणमा

समाचार

वीरगञ्ज, साउन ५ ।पर्सा प्रहरीले २० किलोभन्दा बढी गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। चितवनबाट भारततर्फ लैजाँदै गरिएको गाँजा विशेष सूचनाको आधारमा प्रहरीले बरामद गरेको हो।

पर्सा प्रहरीका अनुसार मिति २०८३ साउन ५ गते बिहान करिब ११:३० बजे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले जगरनाथपुर गाउँपालिका–४ स्थित सुहपुर हुलाकी सडकखण्डमा भारतको सुगौलीतर्फ जाँदै गरेको BR06BH 5496 नम्बरको भारतीय कार रोकी कानुनी प्रक्रिया अनुसार खानतलासी गरेको थियो।

खानतलासीका क्रममा कारको पछाडिको सिटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा २० केजी ६८७ ग्राम गाँजा फेला परेपछि प्रहरीले गाँजा बरामद गर्दै चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा भारत, बिहार राज्य, सितामढी जिल्ला, ग्राम पञ्चायत तालका, डुम्रा वडा नं. ३३ निवासी ३३ वर्षीय रहमद अन्सारी रहेका छन्।

प्रहरीले २० केजी ६८७ ग्राम गाँजा र BR06BH 5496 नम्बरको भारतीय कार समेत नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *