इन्टरपोलको ९२औं महासभामा सहभागी प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

समाचार

काठमाडौं ,२६ कार्तिक ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९२औं महासभामा सहभागी भई आइतबार स्वदेश फर्किनु भएको छ। संयुक्त अधिराज्यको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म सम्पन्न उक्त महासभामा कुँवरसहित इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहको समेत सहभागिता रहेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुँवरलाई स्वागत गर्न प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकसहित वरिष्ठ प्रहरी अधिकृतहरू उपस्थित थिए। महासभामा कुँवर नेतृत्वको प्रतिनिधि मण्डलले चीन, दक्षिण कोरिया, अमेरिका, कतार र यूएईका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटघाट गर्दै अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेको थियो।

महासभामा इन्टरपोल र विश्व स्वास्थ्य संगठनबीचको सहयोग सम्झौता, आतंकवाद विरोधी रणनीति, डिजिटल प्रमाणमा कानूनी पहुँच लगायतका विषयमा छलफल भई महत्वपूर्ण प्रस्तावहरू पारित भएका थिए। इन्टरपोलको नयाँ महासचिवका रूपमा ब्राजिलका Valdecy Urquiza मनोनित हुनुका साथै आगामी महासभाहरू मोरक्को, हङकङ, र कतारमा गर्ने निर्णय भएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *