उपराष्ट्रपति यादवलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी

काठमाडौँ,२६ कार्तिक  । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई कार्यभार तोकेका छन् । अजरबैजानको बाकु सहरमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरूको २९औं सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका राष्ट्रपति पौडेलले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपति यादवबाट सम्पादन गरिनेगरी तोकेको राष्ट्रपतिको कार्यालयले […]

पुरा पढ़नुश

ट्रम्पको सरकारमा को कसको नाम छ चर्चामा ?

काठमाडौँ ,२६ कार्तिक । डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा विजयी भएपछि अब उनको टिममा को को हुन्छन् भन्ने विषय चर्चामा रहेको छ । ट्रम्पले ह्वाइट हाउसको प्रशासन सम्हाल्नुअघि आफ्नो पहिलो औपचारिक नियुक्ति गरिसकेका छन् । आफ्नो चुनावी अभियानकी सह-अध्यक्ष रहेकी सुसान वाइल्सलाई ‘चीफ अफ स्टाफ’ बनाएका छन् । सुजन ट्रम्पको २०२४ को चुनावी अभियानको सह-अध्यक्ष […]

पुरा पढ़नुश

काटिएका उद्योगको विद्युत लाइन जोड्न सरकारको निर्देशन

काठमाडौं ,२६ कार्तिक । सरकारले २४ घण्टाभित्र विद्युत लाइन काटिएका उद्योगमा लाइन जोड्न निर्देशन दिएको छ । आईतवार साँझ बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गर्दै सो निर्देशन दिएको हो । उद्योगमा विद्युत आपूर्ति बन्दा उत्पादन घट्न गएको, राजश्व संकलनमा असर पुगेको, रोजगारीमा प्रभाव परेको र यसबाट अर्थतन्त्रमा प्रत्यक्ष असर परेको हुँदा विद्युत लाइन सुचारु नभएका […]

पुरा पढ़नुश

‘पर्साको पोखरीया अस्पताल छिटै प्रादेशिक अस्पताल हुने’

वीरगंज,२५ कार्तिक  । आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको पोखरीया नगरपालिकामा रहेको पोखरीया अस्पताल केही दिन मै प्रादेशिक अस्पताल हुने बताउनु भएको छ । सडक शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले आउँदो मन्त्रीपरिषदको बैठकबाट पोखरीया अस्पतालको स्तरउन्नती गरी प्रादेशिक अस्पतालमा परिणत गरिने बताउनु भएको हो । पर्साको दोश्रो सदरमुकामको रूपमा रहेको पोखरीया […]

पुरा पढ़नुश

लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा ,२५ कार्तिक । पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको […]

पुरा पढ़नुश

फोटो पत्रकारिताको योगदानको सम्मान गर्दै मन्त्री प्रदीप यादवद्वारा सरकारको प्रतिबद्धता व्यक्त

काठमाडौं, २५ कार्तिक । खानेपानी मन्त्री प्रदीप यादवले राष्ट्रिय फोटो पत्रकार समूह नेपालको २७ औँ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै फोटो पत्रकारिताको महत्त्वपूर्ण योगदानको सम्मान गरेका छन्। उनले देशभरका समर्पित फोटो पत्रकारहरूलाई सम्मान व्यक्त गर्दै फोटो पत्रकारिताले समाजको वास्तविकता उजागर गर्न तथा जनतालाई सुसूचित र सचेत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। मन्त्री […]

पुरा पढ़नुश

पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं,२५ कार्तिक  । मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले नेता लिलाबल्लभ अधिकारीलाई प्रहरीले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ । काठमाडौं जिल्ला अदालतले अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनलाई आइतबार नै विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो । काठमाडौँ ल्याएलगत्तै प्रहरीले अधिकारीलाई म्याद थपको लागि अदालतमा पेश गरेको […]

पुरा पढ़नुश

रास्वपाले भन्यो- लामिछानेविरुद्धको कारवाही बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र

काठमाडौँ ,२५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेविरुद्ध गरिएको कारवाही सत्तारुढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र भएको बताएको छ । शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले लामिछानेविरुद्ध गरिएको कारवाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै घोर भर्त्सना गरेको छ । रास्वपा बैठकले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी […]

पुरा पढ़नुश

रास्वपा नेता कार्की भन्छन्- नयाँ पार्टीले देखाउनु पर्ने पारदर्शी चरित्रका रूपमा हामी चुक्यौं, माफी माग्छु

काठमाडौँ,२५ कार्तिक  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले नयाँ पार्टीका रूपमा चुकेको भन्दै माफी मागेका छन् । नेकपा एमालेले मानव तस्करीको आरोप लागेका कोशीका पुर्व मन्त्री लिला बल्लभ अधिकारीलाई निलम्बन गरेको विषयमा सामाजिक सञ्जालमा एक टिप्पणी लेख्दै कार्कीले एमालेले गरेको कारवाही सह्राननीय रहेको र आफुहरुले अगाडिको कारबाही निष्पक्ष हुन्छ कि हुन्न […]

पुरा पढ़नुश

राष्ट्रपति पौडेल आज अजरबैजान जादै

काठमाडौं,२५ कार्तिक  । राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजान जादैछन् । राष्ट्रपति पौडेल अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ […]

पुरा पढ़नुश