महिला टी- २० विश्वकपको सेमिफाइनलको समीकरण पुरा

काठमाडौँ ,३० असोज । जारी आइसीसी महिला टी- २० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । समुह चरणका खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो । समुह ए बाट अस्ट्रेलिया र न्यूजील्याण्ड सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट वेस्ट इन्डिज र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका हुन् । समुह ए बाट भारत, पाकिस्तान […]

पुरा पढ़नुश

यस वर्षको दशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

काठमाडौं,३० असोज  । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने […]

पुरा पढ़नुश

डडेल्धुरामा रात्रिबस दुर्घटना, चार जनाको मृत्यु

डडेल्धुरा,३० असोज  । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति करिब साढे ११ बजे डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा दुई महिला, एक पुरुष र एक बच्चाको घटनास्थलमै मृत्यु भएको […]

पुरा पढ़नुश

नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा नियकालाई गृहमन्त्रीको निर्देशन

काठमाडौं ,२९ असोज । गृहमन्त्री रमेश लेखकले संघीय संसदको आगामी अधिवेशनबाट प्रहरी सम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताएका छन् । ६९औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले प्रहरी संगठनको वृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए । ‘गृह मन्त्रालयले प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गरी नेपाल […]

पुरा पढ़नुश

‘गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक लाग्दैन’

काठमाडौँ ,२९ असोज । पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने स्पष्ट गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै कोषले श्री पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति संरक्षण गर्नु सबैको कर्तव्य हुने बताउदै यो जग्गामा मारवाडी समितिको मोही हक नलाग्ने स्पष्ट गरको हो । कोषले विज्ञप्तिमा भनेको छ- ‘भगवान् श्री […]

पुरा पढ़नुश

भदौ महिनामा उपभोक्ता मूल्यवृद्धि ३.८५ प्रतिशत- राष्ट्र बैंक

काठमाडौँ,२९ असोज  । भदौ महिनामा उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) ३.८५ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ । मंगलबार राष्ट्र बैंकले सार्बजनिक गरेको रिपोर्टका अनुसार गत वर्षको सोही महिनाको तुलनामा मुद्रास्फीति घटेको हो । गत वर्ष सोहि महिनामा यस्तो मूल्यवृद्धि ८.१९ प्रतिशत रहेको थियो । सो अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मूल्य वृद्धिदर ५.०३ र […]

पुरा पढ़नुश

काठमाडौँ महानगरमा २०८० को जग्गाको मूल्याङ्कन दरलाई आधार मानेर सम्पत्ति कर लिइने

काठमाडौँ ,२९ असोज । काठमाडौँ महानगरपालिकाको राजस्व विभागले, सम्पत्ति कर लेखाजोखा गर्दा २०८० सालमा गरिएको जग्गाको मूल्याङ्कन दरलाई आधार मान्न परिपत्र गरेको छ । असोज २३ गते गरिएको परिपत्रमा चालु आर्थिक वर्ष २०८१/८२ का लागि सम्पत्ति कर निर्धारण गर्दा जग्गाको मूल्याङ्कन दर सम्बन्धमा ऐनको दफा २ को उपदफा (१) को खण्ड (घ) मा भएको प्रावधानको […]

पुरा पढ़नुश

ताइवानमा चीनको घेराबन्दी, १२५ विमानसहित सैन्य अभ्यास

काठमाडौँ ,२९ असोज । चीनले सोमबार ताइवान र यसको वरपरका टापुहरूमा ठूलो मात्रामा सैन्य अभ्यास गरेको छ । यस अभ्यासमा १२५ विमान, विमानवाहक ‘लियानिङ’ र अन्य जहाजले भाग लिएका थिए । अभ्यासमा, प्रमुख बन्दरगाहहरू घेराबन्दी गरिएको थियो । जसका कारण ताइवानमा तनाव बढेको छ । बेइजिङले ताइवानमाथि चीनको सार्वभौमसत्ताको दाबी स्वीकार गर्न अस्वीकार गरेकोमा ताइवानका […]

पुरा पढ़नुश

खोटाङको कुबिन्डे केन्द्रबिन्दु भएर भूकम्प

खोटाङ,२९ असोज  । खोटाङमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमवार राति १० बजेर ३२ मिनेट जादा कुबिन्डे भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

पुरा पढ़नुश

दशैको बिदा सकियो, आजदेखि सरकारी कार्यालय खुल्ने

काठमाडौं ,२९ असोज । आजदेखि दशैको सार्बजनिक बिदा सकिएको छ । बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन् । बडादसैंको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुल्न लागेका हुन्। सरकारले दशैँ मनाउन ५ दिन बिदा दिएको थियो । आजबाट कार्यालय खुल्ने भएपछि राजधानी काठमाडौँको चहलपहल बढेको छ भने उपत्यकामा सवारी आवागमन बढेका छन् […]

पुरा पढ़नुश