भारतलाई हराउदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा

काठमाडौँ,२८ असोज  । जारी आइसीसी महिला टी- २० विश्वकप अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ९ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १५२ रनको लक्ष्य पछाएको भारतले २० ओभरमा ९ विकेट गुमाउदै १४२ रन बनाएको थियो । त्यस्तै पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाउदै १५१ […]

पुरा पढ़नुश

एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण

काठमाडौँ,२८ असोज । मुम्बईबाट न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा बम रहेको चेतावनीपछि नयाँ दिल्लीमा अवतरण गराइएको छ । २३९ यात्रू रहेको विमानमा बम रहेको थ्रेटपछि दिल्लीमा डाइभर्ट गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दिल्ली एयरपोर्टमा अवतरण गरेर तलासी लिदा विमानमा केहि नभेटिएको बताइएको छ । सबै यात्रु सकुशल रहेको र थप अनुसन्धान भइरहेको […]

पुरा पढ़नुश

हेटौँडा-कुलेखानी-काठमाडौं सडक प्रयोग नगर्न प्रहरीको आग्रह

हेटौडा ,२७ असोज । हेटौँडा-कुलेखानी-काठमाडौं सडक प्रयोग नगर्न प्रहरीले आग्रह गरेको छ । फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रिएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो । कुलेखानी सिमखोला नजिकको उकालोमा सडकमा साना गाडीहरु चढ्न सकेका छैनन् । इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार यात्रुलाई हेटौँडाबाट काठमाडौँ जाँदा […]

पुरा पढ़नुश

अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा

काठमाडौँ,२७ असोज  । विश्वकै सुख्खा र बाँझो क्षेत्र मानिने अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि यति ठूलो वर्षा भयो कि त्यो ठाउँ हरियालीले भरिएको छ । दुई दिनको वर्षामा प्रायः बाँझो बालुवाका थुप्रा अहिले पानीले डुबेका छन् । विज्ञहरूका अनुसार जलवायु परिवर्तन र असामान्य मौसमका कारण यस्तो अवस्था आएको हो । नासाले उपग्रह मार्फत सहाराको बालुवाबाट […]

पुरा पढ़नुश

नेपालबाट यसबर्षको मनसुन बाहिरियो

काठमाडौँ,२७ असोज  । नेपालबाट यसबर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि यस बर्षको मनसुन नेपालबाट बाहिरिएको हो । विभागले आज यस वर्षको मनसुन बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशबाट बहिर्गमन भएको बताएको छ । यस अघि असोज २२ मा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पुर्ण भू-भागका साथै […]

पुरा पढ़नुश

दशैंको टीका र आशीर्वाद लिनेक्रम आजपनि जारी

काठमाडौँ,२७ असोज  । आश्विनशुक्ल एकादशीका दिन नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम आजपनि जारी रहेको छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरु पूर्णिमाका दिनसम्म मान्यजनकहाँ पुगेर […]

पुरा पढ़नुश

बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप

काठमाडौँ ,२७ असोज । भारतले बंगलादेशविरुद्धको टी-२० सिरिज क्लीन स्वीप गरेको छ  ।  गएराती सम्पन्न सिरिजको तेस्रो खेलमा भारतले बंगलादेशलाई १३३ रनले पराजित गर्दै सिरिज ३-० ले जितेको हो  । भारतले दिएको २९८ रनको विशाल लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउदै १६४ रन बनाएको थियो  । बंगलादेशका लागि टोहिद हृदयले अविजित ६३ रन […]

पुरा पढ़नुश

सलमान र शाहरुखको झगडा मिलाउने बाबा सिद्दिकीको गोली हानी हत्या ।!

काठमाडौँ ,२७ असोज । महाराष्ट्रका नेता बाबा सिद्दिकीको शनिबार राति अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । गोली लागेपछि बाबा सिद्दिकीलाई हतार हतार लीलावती अस्पतालमा भर्ना गरिएको थियो । तर, चिकित्सकले उनको ज्यान बचाउन सकेनन् । मुम्बईको राजनीतिदेखि बलिउडसम्म बाबा सिद्दिकीको प्रभाव थियो । शाहरुख खान र सलमान खानलाई उनीहरुको सुपरस्टारडमका लागि तुलना गरिन्छ […]

पुरा पढ़नुश

अजय जडेजा गुजरातको जामनगरका जाम साहेबको उत्तराधिकारी

काठमाडौँ,२७ असोज । भारतीय पुर्व क्रिकेट अजय जडेजालाई गुजरातको जामनगरका जाम साहेब शत्रुशल्य सिंहजीले आफ्नो शाही परिवारको उत्तराधिकारी घोषणा गरेका छन् । हाल जाम साहेब शत्रुशल्य सिंहजीका कुनै सन्तान छैन। यही कारणले उनले आफ्नो उत्तराधिकारी छान्नुपरेको थियो । उनले अजय जडेजालाई रोजेको जानकारी दिएका छन् । जाम साहेब शत्रुशल्य सिंहजीका पिता दिग्विजय सिंह थिए जसले […]

पुरा पढ़नुश

प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ

काठमाडौं,२६ असोज  । प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सन्चालित मेची महाकाली राष्ट्रिय उद्वार यात्रा,२०८१ को आज शुभारम्भ गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा सो अभियानलाई प्रधानमन्त्री ओलीले शुभकामना दिँदै मानवता सर्वोच्च धर्म भएकोले यस प्रकारको यात्रामा कुनै समस्या परेमा आफू जस्तोसुकै सहयोग गर्न तयार […]

पुरा पढ़नुश