कस्तो छ अभिनेता रजनीकान्तको स्वास्थ्य ?

काठमाडौँ,१६ असोज  । बलिवुड अभिनेता रजनीकान्तको मुटुको उपचार गरिएको छ । मिडिया रिपोर्टका अनुसार रजनीकान्तको स्वास्थ्य बारे अस्पतालले एक बुलेटिन जारी गर्दै जानकारी दिएको छ । रजनीकान्तलाई ३० सेप्टेम्बर २०२४ मा ग्रिम्स रोडस्थित एपोलो अस्पतालमा भर्ना गरिएको थियो । उनको मुटुबाट निस्कने मुख्य रक्तनलीमा सुन्निएको थियो, जसको शल्यक्रिया नगरी ट्रान्सक्याथेटर विधिबाट उपचार गरिएको अस्पतालले जानकारी […]

पुरा पढ़नुश

गोली लागेर बलिउड अभिनेता गोविन्दा घाइते।

मुम्बई ,१५ असोज  । बलिउड अभिनेता गोविन्दाको आफ्नै रिवल्भरले खुट्टामा गोली प्रहार भएको छ । गोविन्दा मुम्बईस्थित आफ्नो घरमा रिवल्भर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । गोविन्दाका प्रबन्धकले समाचार एजेन्सी एएनआईलाई भने, ‘उनले आफ्नो लाइसेन्स प्राप्त रिवल्भर कभरमा राख्दै थिए, जब उनी आफ्नो खुट्टामा खसे र गोली लाग्यो […]

पुरा पढ़नुश

रिहा भएपछि दुर्गा प्रसाईले भने- एक थोपा रगत हुन्जेल लड्छु

काठमाडौं,१५ असोज  । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छुटेका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले प्रसाईलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि प्रसाई मंगलबार साँझ रिहा भएका हुन् । प्रसाईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ भने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि […]

पुरा पढ़नुश

करोडौंको मालसामान लोड रहेको दुईवटा ट्रक पर्सा प्रहरीले राजस्व अनुसन्धानमा बुझायो ।

रसीद आलम , बिरगंज ,१५ असोज । पर्सा प्रहरीले १ करोड ६७ लाख १९ हजार ४ सय बराबरको मालबस्तुहरू लोड रहेको दुइटा ट्रकहरू पक्राउ गरि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रेस-विज्ञप्ती अनुसार विशेष सूचनाको आधारमा असोज १४ गते राती १०:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा स्थित […]

पुरा पढ़नुश

सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना

काठमाडौँ,१५ असोज  । भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । मिडिया रिपोर्टका अनुसार रजनीकान्तलाई गएराती चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको छ ।  पेट दुखेको गुनासो गरेपछि उनलाई भर्ना गरिएको बताइएको छ । त्यस्तै केहि भारतीय मिडियाहरुले भने रजनीकान्तको मुटु सम्बन्धि समस्या भएको र आजै मुटुको शल्यक्रिया गरिने बताएका छन् । रजनीकान्तको स्वास्थ्य पछिल्लो […]

पुरा पढ़नुश

जम्मू कश्मीरमा तेस्रो चरणको मतदान आज

दिल्ली ,१५ असोज  । भारतको केन्द्र शासित प्रदेश जम्मू कश्मीरमा १० वर्षपछि विधानसभा चुनाव जारी रहेको छ । जस अन्तर्गत आज तेस्रो तथा अन्तिम चरणको मतदान हुदै छ । आज ४० सिटका लागि मतदान हुन लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । जसमा जम्मु डिभिजनका २४ सिट र उत्तर कश्मीर उपत्यकाका १६ सिटका मतदाताले आफ्नो […]

पुरा पढ़नुश

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं,१५ असोज  । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाएका हुन् । बिहान ११ बजे बस्ने बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने बताइएको छ ।

पुरा पढ़नुश

एभरेष्ट महिला भलिबल लिग: चितवनको विजयी शुरुवात

काठमाडौँ ,१५ असोज । एभरेष्ट महिला भलिबल लिग अन्तर्गत गएराती सम्पन्न खेलमा चितवन शक्तिले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । राति सम्पन्न खेलमा चितवनले गण्डकीलाई ३-१ को सेटले पराजित गरेको हो । चितवनले पहिलो सेट २५-२२ ले जितेको थियो भने गण्डकीले दोस्रो सेट २५-१९ ले जितेको थियो । त्यसपछि चितवनले शानदार कमब्याक गर्दै तेस्रो सेट […]

पुरा पढ़नुश

तारकेश्वरका अमिन चौलागाई घुस रकमसहित पक्राउ

काठमाडौँ,१५ असोज  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको तारकेश्वर नगरपालिकामा करारमा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले चौलागाईले जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २० हजार लिइसकेको अवस्थामा र श्रोत नखुलेको ३४ हजार सहित तारकेश्वर नगरपालिका- ६ धर्मस्थलीबाट सोमबार पक्राउ गरेको जानकारी दिएको छ । अख्तियारले चौलागाईलाई […]

पुरा पढ़नुश

निगमले इन्धनको मुल्य घटायो

काठमाडौँ,१५ असोज  । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेल र मट्टीतेलमा २-२, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ […]

पुरा पढ़नुश