प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन

काठमाडौं ,१७ जेठ । गृह मन्त्रालयले प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन गरेको छ । उपप्रधान एवं गृहमन्त्री स्तरीय निर्णय गर्दै गृहमन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेका हुन् । कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डिआइजीपी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले […]

पुरा पढ़नुश

मरेको मानिसलाई जीवित गर्ने प्रयास: अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो

काठमाडौँ,१७ जेठ  । विज्ञान निरन्तर अगाडि बढिरहेको छ । मानिसले विज्ञानको सहयोगमा धेरै आविष्कारहरू गरिसकेका छन् तर मृत्युपछि कसैलाई जीवित पार्न असम्भव देखिन्छ । तर अब अष्ट्रेलियाको एक कम्पनीले मानिसलाई मरेपछि पनि जीवित बनाउने दाबी गरेको छ । यसका लागि कम्पनीले शवलाई हिउँमा गाडिरहेको छ । एउटा क्रायोनिक्स कम्पनीले आफ्नो पहिलो ग्राहकलाई बरफमा गाडेको छ […]

पुरा पढ़नुश

कैलाश सिरोहिया रिहा

काठमाडौं ,१७ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई गएराती हिरासतबाट मुक्त गरेको हो । सिरोहियालाई थप अनुसन्धानका लागि हिरासतमा राखिरहन नपर्ने भनी जिल्ला सरकारी वकिलको कार्यालयले गरेको निर्णयका आधारमा हाजिरी जमानीमा छोडिदिएको […]

पुरा पढ़नुश

दक्षिण कोरियामा बेलुनमार्फत फोहोर पठाउदै किम

काठमाडौँ,१७ जेठ  । उत्तर कोरियाले बेलुनको सहयोगमा छिमेकी देश दक्षिण कोरियामा फोहोरको झोला पठाइरहेको देखिएको छ । दक्षिण कोरियाको सेनाले यसको पुष्टि गरेको छ । सीएनएनका अनुसार मंगलबार राति उत्तर कोरियाबाट पहिलो पटक बेलुन आउन थालेको हो । त्यसपछि बुधबार बिहान यहाँ १५० बेलुन देखियो । दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले पनि […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साद्वारा १० लाख ११ हजार बराबरको सामान बरामद ।

रसीद आलम,बिरगंज ,१७ जेठ । सशस्त्र प्रहरी बल पर्साले १० लाख ११ हजार ६ सय ४० रुपैयाँ  बराबरको सामान बरामद गरेको छ। जेठ १६ गते बिरगंज -१० आदर्शनगरबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट डिएसपी सुरज रिजालको कमान्डमा खटिएको टोलीले बेवारिसे अवस्थामा लुकाई राखेको मूल्य रु. ४ लाख ९७ हजार ४ सय बराबरको ४१३ केजि कवाडि […]

पुरा पढ़नुश

नक्कली नोट सहित ४ जना बारा प्रहरीको नियन्त्रणमा।

रसीद आलम ,बारा,१६ जेठ । बारा प्रहरीले नक्कली नेपाली नोट सहित चार जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले नक्कली नोटको कारोबारमा संलग्न रहेका चार जना व्यक्तिहरूलाई सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ कचोर्वा सानो बसवरीया र ठुलो बसवरीयाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बाराको कोल्हवी नगरपालिका वडा नम्बर […]

पुरा पढ़नुश

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आह्वान

काठमाडौँ ,१६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् । उनले  सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याए । ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले आगाडि बढाएको ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ […]

पुरा पढ़नुश

तराईका जिल्लामा तीन दिनसम्म तातो हावा

काठमाडौं,१६ जेठ ।आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिएको छ। विगत केही दिनयता तराईका जिल्लामा तातो हावा चलिरहेको थियो। यो क्रम अब जेठ १८ गतेसम्म जारी रहने महाशाखाले जनाएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस […]

पुरा पढ़नुश

महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाको व्यवस्था गर्नुपर्ने

काठमाडौं,१६ जेठ  । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाको व्यवस्था गर्नुपर्ने बताएकी छिन् । एक्स–पोज नेपालले दशौं अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसका उपलक्षमा मंगलबार राजधानीमा गरेको साइकल यालीसहितको कार्यक्रममा मन्त्री चौधरीले महिलाहरूको महिनावारीको समय एकदमै पीडादायी हुने भएकाले राज्यले विदाको व्यवस्था गर्न पहल गर्ने बताइन् । महिला हिंसा […]

पुरा पढ़नुश

मिजोरममा रेमल आँधीका कारण २७ जनाको मृत्यु

काठमाडौँ,१६ जेठ  । भारतको मिजोरमको राजधानी आइजवलमा रेमल आँधीका कारण आएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले यो जानकारी दिएको हो । मिजोरम सरकारको सूचना र जनसम्पर्क विभागलेभनेको छ, ‘चक्रवात रेमबाट सुरु भएको आइजवलमा पहिरोमा २७ जनाको मृत्यु भएको छ।’ पूर्वाधारमा क्षति पुगेपछि खानेपानी र बिजुलीको आपूर्ति […]

पुरा पढ़नुश