नेपाल प्रहरी श्रीमती संघद्वारा रौतहटमा छात्रवृत्ति वितरण

  रौतहट,१४ जेठ । नेपाल प्रहरी श्रीमती संघले रौतहटको गरुडास्थित प्रहरी विद्यालयमा अध्ययनरत् छात्रछात्रालाई छात्रवृत्तिसँगै शैक्षिक सामग्री वितरण गरेको छ। ‘सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रका साथ नेपाल प्रहरी श्रीमती संघले प्रहरी विद्यालय जिंगडियामा अध्यनरत् छात्रछात्रालाई छात्रवृत्तिसँगै शैक्षिक सामग्री वितरण गरिएको हो। उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले संघ स्थापनाकालदेखि […]

पुरा पढ़नुश

महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खर्ब बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो

काठमाडौँ,१४ जेठ  । बेरुजु रकम करिब करिब १२ खर्ब रुपैयाँ पुगेको छ । आइतबार सार्वजनिक महालेखा परीक्षक कार्यालयको ६१औं वार्षिक प्रतिवेदनमा हालसम्मको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको हो । गत वर्षको भन्दा यो सवा २ खर्ब रुपैयाँले बढी हो । गत वर्ष बेरुजु रकम ९ खर्ब ५९ अर्ब ७९ करोड […]

पुरा पढ़नुश

करिब २ सय ५० किलोग्राम गाँजासहित तीन जना पक्राउ

धनुषा ,१४ जेठ । धनुषा जनकपुर उपमहानगरपालिका-१३ पिराडी चोकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ सय ५० किलोसहित सर्लाही हरिवन नगरपालिका-८ स्कूल टोल बस्ने ३० वर्षीय नेत्र बहादुर श्रेष्ठ समेत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले बा.प्र०१-०२७ च १९७७ नम्बरको स्कार्पियो जाँच गर्ने क्रममा स्कार्पियामा […]

पुरा पढ़नुश

कोलकोताले जित्यो आइपिएलको उपाधि

काठमाडौँ ,१४ जेठ । कोलकोता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा कोलकोताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक आइपिएलको उपाधि जितेको हो । सनराइजर्सले दिएको ११४ रनको लक्ष्य पछाएको कोलकोताले १०.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । कोलकोताका लागि बेंकटेश अय्यरले सर्बाधिक ५२ […]

पुरा पढ़नुश

चक्रवात रेमाल: बंगलादेशको तटीय क्षेत्रमा हजारौं मानिस सुरक्षित स्थानतर्फ सारिदै

काठमाडौँ,१४ जेठ  । चक्रवात रेमालले गति लिएपछि बंगलादेशको तटीय क्षेत्रसँग जोडिएका धेरै गाउँहरू खाली गरिँदै छन् । हजारौं मानिसहरु सुरक्षित स्थानको खोजीमा गाउँमा घरबार छाडिरहेका छन् । चक्रवात रेमाल ठूलो चक्रवाती आँधीमा परिणत हुने अनुमान गरिएको छ । तटीय क्षेत्रका माछा मार्नेहरूलाई समुन्द्रमा नजान आग्रह गरिएको छ । समुन्द्रतर्फ गएकाहरुलाई जतिसक्दो चाँडो फर्किन भनिएको छ […]

पुरा पढ़नुश

२६ सार्वजनिक संस्थान नाफामा

काठमाडौँ,१४ जेठ  । देशका २६ सार्वजनिक संस्थान नाफामा गएको देखिएको छ । अर्थ मन्त्रालयले आइतबार संसद्‌मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार २६ सार्बजनिक संस्थान नाफामा गएका छन् भने १५ संस्थान नोक्सानीमा गएका छन् । त्यस्तै तीन संस्थानको कारोबार शुन्य छ । कुल सार्बजनिक संस्थानको संख्या ४४ रहेको छ । अघिल्लो आर्थिक वर्षमा […]

पुरा पढ़नुश

सुन जस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ

काठमाडौं ,१३ जेठ । भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको बेरूवा औंठी ३ थानसहित चन्द्रागिरी नगरपालिका-१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बाह्‍य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको […]

पुरा पढ़नुश

पौने चार करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ

काठमाडौं,१३ जेठ ।अवैध लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्य १ के.जी १०१ ग्राम कोकिनसहित पक्राउ पौने चार करोड रुपैयाँ बराबरको लागुऔषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छिन्। कङ्गोलिज नागरिक ४९ वर्षीय एपुला इकुट्सु एमबोङ्गोलाई प्रहरीले १ किलो १०१ ग्राम लागुऔषध कोकिनसहित ठमेलबाट शुक्रबार पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका […]

पुरा पढ़नुश

आइपिएलको फाइनल आज, कोलकोता र सनराइजर्स भिड्दै

काठमाडौँ ,१३ जेठ । इण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनको आज फाइनल खेल हुदै छ । यस सिजनको फाइनलमा उपाधिका लागि कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने भएका छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ । कोलकोता समुह चरणमा शिर्ष स्थानमा रहदै पहिलो क्वालिफायरमा […]

पुरा पढ़नुश

पुटिन शर्तसहित युद्ध रोक्न तयार भएको दाबी !

काठमाडौँ,१३ जेठ  । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध रोक्न सहमत भएको रिपोर्ट सार्बजनिक भएको छ । तर यसका लागि उनले केही शर्त राखेका छन् । समाचार एजेन्सी रोयटर्सले रुसी स्रोतलाई उद्धृत गर्दै पुटिनले दुई देशबीचको सीमा विद्यमान नियमअनुसार नै रहन चाहेको दाबी गरेको छ । यसको मतलब रुसले कब्जा गरेको युक्रेनका क्षेत्रहरु अब उसको […]

पुरा पढ़नुश