हत्या गरेको अभियोगमा पर्साबाट एक जना पक्राउ।

रसीद आलम ,पर्सा, १३ जेठ । पर्सा प्रहरीले हत्या गरेको अभियोगमा सखुवा प्रसौनी गाउँपालिका-४ प्रसौनी टोलबाट एक जनालाई पक्राउ गरेको जनाएको छ। सखुवा प्रसौनी गाउँपालिका-४ प्रसौनी टोल बस्ने ५० वर्षीय ललाई हजरा दुसादलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय सुवाष हजरा दुसादलाई शुक्रबार साँझ पर्सा  प्रहरीले पक्राउ गरेको […]

पुरा पढ़नुश

बालेनको एक्सन- भौतिक पूर्वाधारमन्त्री महासेठलाई हरेक दिन एक ट्रक धुलो उपहार !

काठमाडौँ ,१३ जेठ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई हरेक दिन एक ट्रक धुलो पठाउने बताएका छन् । बालेनले शनिबार सामाजिक संजालमा एक पोष्ट गर्दै काठमाडौँको कलंकीदेखि महानगरको सडक निर्माण अलपत्र पारेको भन्दै महानगरले अनाहकमा गाली खाएको उल्लेख गर्दै मन्त्री महासेठलाई हरेक दिन एक ट्रक धुलो […]

पुरा पढ़नुश

प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने पक्राउ

विराटनगर,१३ जेठ  । नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा मोरङको कटहरी गाउँपालिका-३ बस्ने ४५ वर्षीय पन्चु पासवानलाई प्रहरीले पक्राउ गरेको छ । पासवानले कटहरी गाउँपालिका-५ का १ जना व्यक्तिलाई प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ३ लाख ३० हजार रूपैयाँ नगद लिई ठगी गरेको भन्ने सूचना प्राप्त […]

पुरा पढ़नुश

टिओआर टुंगाउन शिर्ष नेताहरुसहितको बैठक बस्दै

काठमाडौं ,१३ जेठ । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लगाउन शिर्ष नेताहरुसहितको बैठक आज बस्दै छ ।बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने बताइएको छ । यसअघि शनिबार कार्यदलको बैठक र त्यसपछि शिर्ष नेताहरुको बैठक बसेपनि सहमति हुन सकेको थिएन । कार्यदलका सदस्य जीवन परियारका अनुसार शनिबार दिउँसो कार्यदलको […]

पुरा पढ़नुश

अफ्रीकाको जिबूतिमा किन छोडियो ल्याबमा बनाइएका लाखौं लामखुट्टे ?

काठमाडौँ,१३ जेठ  । अफ्रिकी देश जिबूतीमा लाखौं आनुवंशिक रूपमा परिमार्जित (जीएमओ) लामखुट्टे वातावरणमा छोडिएको छ । यसको उद्देश्य मलेरिया रोग फैलाउने लामखुट्टेको प्रजातिको फैलावट रोक्नु हो । वातावरणमा निस्कने एनोफिलिस स्टेफेन्सी लामखुट्टेले टोक्दैनन् । यसलाई बेलायती बायोटेक्नोलोजी कम्पनी अक्सिटेकले विकास गरेको हो । यी लामखुट्टेमा एउटा जीन हुन्छ जसले पोथी लामखुट्टेलाई वयस्क हुनुअघि नै मार्छ […]

पुरा पढ़नुश

किमाथांकासहित चीनसँगका नाका आजदेखि पुनः सञ्चालनमा आउदै

काठमाडौँ,१२ जेठ  । संखुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथांकासहित अधिकांश व्यापार नाका आजदेखि पुनः सञ्चालनमा आउने भएका छन् । कोभिड महामारीका कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाका करिब चार वर्षपछि पुनः सञ्चालनमा आउन लागेका हुन् । कोभिड- १९ फैलने डरले चीन सरकारले किमाथाङ्कासहित उत्तरी क्षेत्रमा रहेका १४ वटा परम्परागत सीमा व्यापार नाका बन्द गरेको […]

पुरा पढ़नुश

सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान

काठमाडौँ ,१२ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई प्रधान कार्यालय हलचोकमा स्वागत तथा सम्मान गरिएको छ । शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत बरिष्ठ अधिकृतहरुले पर्वतारोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको प्रधान कार्यालयमा स्वागत गरेका […]

पुरा पढ़नुश

अल्सरका कस्ता हुन्छन् लक्ष्यण ?

काठमाडौँ ,१२ जेठ । अहिले इमानदारीका साथ बोलिने एउटा झुट भनेको धेरै मसलादार चिज नखानु हो । जसले गर्दा पेटमा घाउ हुन्छ । यो पेट को लागी हानिकारक छ । धेरै खुर्सानी र मसला खाँदा एसिड रिफ्लक्स, अपच र ग्यास निम्त्याउन सक्छ, तर यसले अल्सर भने बनाउँदैन । सत्य यो हो कि यदि हामीसँग पहिले […]

पुरा पढ़नुश

सिरोहिया अस्वस्थ, अस्पताल भर्ना

जनकपुर ,१२ जेठ । हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । उनको मुटुमा समस्या आएको बताइएको छ । सिरोहियाको नागरिकताको विषयमा गत मंगलबार काठमाडौंमा पक्राउ गरी उनलाई धनुषा लगिएको थियो । उनलाई शुरुमा तीन दिन र शुक्रबार थप तीन दिनको […]

पुरा पढ़नुश

सनराइजर्स आइपिएलको फाइनलमा

काठमाडौँ ,१२ जेठ । सनराइजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ । शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै सनराइजर्स फाइनलमा पुगेको हो । सनराइजर्सले दिएको १७६ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउदै १३९ रन बनाएको थियो । यस अघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० […]

पुरा पढ़नुश