रसीद आलम ,पर्सा, १३ जेठ ।
पर्सा प्रहरीले हत्या गरेको अभियोगमा सखुवा प्रसौनी गाउँपालिका-४ प्रसौनी टोलबाट एक जनालाई पक्राउ गरेको जनाएको छ।
सखुवा प्रसौनी गाउँपालिका-४ प्रसौनी टोल बस्ने ५० वर्षीय ललाई हजरा दुसादलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय सुवाष हजरा दुसादलाई शुक्रबार साँझ पर्सा प्रहरीले पक्राउ गरेको छ ।
भैंसी चराउने क्रममा वादविवाद हुँदा सुवाषले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका ललाई हजराको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक मोहन जंग बुढा थापाको कमान्डमा खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
