बारा, २७ माघ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले ७५० लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ। प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको नेतृत्वमा खटिएको टोलीले २०८१ माघ २७ गते बिहान करिब ७:०० बजे जीतपुर सिमरा उपमहानगरपालिका-२१, अमलेखगञ्ज चोकमा हेटौंडाबाट वीरगंजतर्फ गइरहेका विभिन्न सवारी साधनहरू रोकि चेकजाँच गर्ने क्रममा मदिरा बरामद गरेको बारा प्रहरीले जनाएको हो।
चेकजाँचका क्रममा लुकाइछिपाइ राखिएको २५ पोका र ५ ग्यालन गरी करिब ७५० लिटर घरेलु मदिरा फेला परेको प्रहरीले जनाएको छ। बरामद मदिराको अनुमानित मूल्य रू. ७५,००० रहेको छ। उक्त मदिरा बरामद गरी आवश्यक कानुनी प्रक्रिया पुरा गरि स्थानीय जनप्रतिनिधिहरुको रोहवरमा नष्ट गरिएको अमलेखगञ्ज प्रहरीले जानकारी गराएको छ।
