खानेपानी मन्त्री प्रदीप यादवले अस्थायी कार्यकक्षबाट सेवा सञ्चालन सुरू गरे

बिदेश राजनीति समाचार

काठमाडौं, माघ २७।

खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा विद्युत् सर्ट भई आगलागी हुँदा उनको कार्यकक्ष पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

शनिबार, माघ २६ गते, खानेपानी मन्त्रालयको चौथो तलामा रहेको मन्त्री यादवको कार्यकक्षमा आगलागी भएको थियो। यस घटनाले कार्यकक्ष नष्ट भए पनि देश र जनतालाई सेवा प्रवाहमा अवरोध नहोस् भन्ने उद्देश्यले मन्त्री यादवले मन्त्रालयको तेस्रो तलामा अस्थायी कार्यकक्ष स्थापना गरेका छन्।

उनले आइतबारदेखि मन्त्रालयको तेस्रो तलाको कोठा नं ४०७ बाट नियमित सेवा सञ्चालन पुनः सुरू गरेको जानकारी गराएका छन्। मन्त्रालय स्रोतका अनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक सबै उपाय अपनाइनेछ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *