त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौँ ,१६ चैत ।  त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । विहिबार त्रिभुवन विश्वविद्यालयले पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले समितिलाई ३० दिन भित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । परीक्षा नियन्त्रण कार्यालयले २०८० वैशाखमा लिएको स्नातक […]

पुरा पढ़नुश

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौँ,१६ चैत  । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १२ रनले पराजित गरेको हो । राजस्थानले दिएको १८६ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउदै १७३ रन मात्र बनाएको थियो । दिल्लीका लागि डेभिड वार्नरले सर्बाधिक ४९ रन बनाए […]

पुरा पढ़नुश

एसईई परिक्षामा चिट चोराउन कार्यमा सहयोग गरेको आरोपमा एक शिक्षक सहित २ जना पक्राउ।

रसीद आलम ,बारा,१५ चैत । एसईई  परिक्षामा चिट चोराउनमा सहयोग गरेको आरोपमा एक शिक्षक सहित २ जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ। चैत्र १५ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा खटिएका शिक्षक र गार्डले परिक्षार्थीहरूलाई चिट चोराउने कार्य गरेकोले नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडि बढाईएको बारा प्रहरीले जानकारी गराएको छ। बाराको देवताल गाँउपालिका वडा नं.६ […]

पुरा पढ़नुश

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं,१५ चैत  । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहिबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन् । नयाँ सत्ता समीकरणमा अध्यक्ष माओवादी केन्द्रको भागमा परेर दाहाल निर्वाचित भएपछि माओवादी नेतृ समेत रहेकी अर्यालले राजीनामा दिएकी हुन् । राष्ट्रिय सभाको उपाध्यक्षमा यस अघि एमालेको दाबि रहेपनि एकीकृत समाजवादीले दाबि गरेपछि […]

पुरा पढ़नुश

टोपबहादुर रायमाझीको मुटुमा समस्या, अस्पताल भर्ना

काठमाडौँ,१५ चैत  । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मुटुमा समस्या देखिएको छ । बुधबार रायमाझीको मुटुमा समस्या भएपछि  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । चिकित्सकहरुले नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै अहिले निगरानीमा राखिएको बताएका छन् ।

पुरा पढ़नुश

आठ डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं,१५ चैत  । नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार आईजीपी वसन्त कुँवरको अध्यक्षतामा बसेको बढुवा समितिले बढुवा सिफारिस गरेको हो । डीएसपी ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरेलाई एसपीमा बढुवा […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

काठमाडौँ ,१५ चैत ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता भएको हो । करिब एक घण्टा भएको कुराकानी विचाराधीन कानुनहरू पारित गर्ने र संसदलाई नियमित चलाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका छन् । गत फागुन […]

पुरा पढ़नुश

आरजुले गराइन् थाइराडको शल्यक्रिया

काठमाडौँ ,१५ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छन् । आरजुले भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा अप्रेसन गरेकी हुन् । हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जानकारी गराएको छ ।

पुरा पढ़नुश

सुदूरपश्चिममा सात जनामा कोरोना पुष्टि

धनगढी, १५ चैत । सुदूरपश्चिम प्रदेशमा बुधबार सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले बुधबार १२७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा भारतबाट स्वदेश फर्किएका सात जनामा कोरोना संक्रमण देखापरेको जनाएको छ। आइतबार र सोमबार १/१ जना, मंगलवार २ जनामा कोरोना पुष्टि भएको थियो। पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमणदर बढ्न थालेको […]

पुरा पढ़नुश

बैतडीमा विद्यालय गएकी बालिका मृत फेला

बैतडी, १५ चैत । बैतडीमा बुधबार बिहान विद्यालय गएकी एक बालिका मृत फेला परेकी छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका –१ सुन्तला टोल घर भएकी १३ बर्षीया अस्मिता सार्की मृत फेला परेकी हुन्। उनी विद्यालयबाट घर आउने समयमा चिउरीको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी पञ्चेश्वर गाउँपालिका-१ का वडा अध्यक्ष दिवान सार्कीले बताए। डुग्रीखान माविमा कक्षा ६ मा […]

पुरा पढ़नुश