रसीद आलम ,बारा,१५ चैत ।
एसईई परिक्षामा चिट चोराउनमा सहयोग गरेको आरोपमा एक शिक्षक सहित २ जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ।
चैत्र १५ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा खटिएका शिक्षक र गार्डले परिक्षार्थीहरूलाई चिट चोराउने कार्य गरेकोले नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडि बढाईएको बारा प्रहरीले जानकारी गराएको छ।
बाराको देवताल गाँउपालिका वडा नं.६ बर्वा घर भई कलैया उप-महानगरपालिका वडा नं.२ स्थित रहेको श्री अमर मा.वि.दोहरीमा कार्यरत शिक्षक वर्ष ४३ को सुरेन्द्र प्रसाद यादवले मोबाईलमार्फत चिट चोराउन कार्यमा सहयोग गरेको आरोपमा पक्राउ परेका छन् भन्ने आदर्शकोतवाल गाँउपालिका वडा नं.३ भटिनिया घर भई बारागढी गाँउपालिका वडा नं.१ स्थित रहेको श्री जनता मा.वि.बुधगाईमा गार्डको रूपमा खटिएको वर्ष ४५ को विनोद प्रसाद यादव नक्कली गार्ड बनेर चिट चोराउन सहयोग गरेको आरोपमा पक्राउ परेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी)दधिराम न्यौपाने जानकारी दिए।
नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको डिएसपी न्यौपानेले जनाए ।