आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंसिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र र आन्द्र प्रदेश आसपास रहेको मिचौंङ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव  रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश साथै देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा […]

पुरा पढ़नुश

वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री

काठमाडौं, २० मङ्सिर। प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ।   नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।   सम्बोधनका क्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विज्ञान तथा प्रविधि विकासको लागि नेपाल […]

पुरा पढ़नुश

चितवनमा महिलालाई यौन व्यवसायमा लगाउने १० ऐजेन्ट पक्राउ

चितवन, २० मंसिर । चितवनमा विगत दुई वर्षमा यौन व्यवसायमा लगाउने १० जना एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले चितवनका महिला पत्रकारसँगको छलफलमा उक्त कुरा बताएकी हुन्। प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८\ ८९ मा यौन व्यवसायमा महिलाहरुलाई संलग्न गराउने पुरुष तीन जना, महिला दुई […]

पुरा पढ़नुश

अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजारसम्म सेना तैनाथ गर्न तयार छ : उपप्रधानमन्त्री खड्का

घाना, २० मङ्सिर । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसंघको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताएका छन्। घानाको आक्रामा भएको अन्तर्राष्ट्रिय शान्ति स्थापनिासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा सम्बोधनका क्रममा उपप्रधानमन्त्री खड्काले नेपालले धेरैजसो प्रतिबद्धता पूरा गरिसकेको र बाँकी केही प्रतिबद्धता पूरा गर्ने क्रममा रहेको समेत बताए। मन्तव्यका क्रममा उपप्रधानमन्त्री खड्काले […]

पुरा पढ़नुश

अस्वस्थ गृह मन्त्री श्रेष्ठलाइ भेटन अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २० मंशिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गंगालाल अस्पतालमा उपचाररत उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठलाइ भेटन पुगेका छन ।   हिजो राती गृहमन्त्री श्रेष्ठले छातीमा असहज महसुस गरे पछि नियमित स्वास्थ्य परिक्षणको क्रममा गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि भर्ना भएका थिए ।   यसरी भर्ना भएका श्रेष्ठलाइ भेटन प्रधानमन्त्री अस्पताल पुगेका हुन । […]

पुरा पढ़नुश

नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

काठमाडौं, २० मंसिर । नेपाली युवलाई रुसी सेनामा पठाउने गिरोहका केही व्यक्ति प्रक्राउ परेका छन् । पछिल्लो केही दिनदेखि प्रहरीले चलाएको अपरेसनका क्रममा गिरोहका १२ जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा मनिष न्यौपाने, ईश्वर अधिकारी, गोकर्ण अर्याल, दिपेन परियार, क्षितिज गिरी, सुवास लामा, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष […]

पुरा पढ़नुश

गाजामा ‘मानवीय प्रकोप’ अन्त्य गर्न कतार र साउदी अरेबियाको आह्वान

काठमाडौं, २० मंसिर । कतार र साउदी अरेबियाले गाजामा ‘मानवीय प्रकोप’ अन्त्य गर्न आह्वान गरेका छन् ।   कतार–साउदी समन्वय परिषद्को संयुक्त विज्ञप्तिमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले गाजा पट्टीमा मानवीय विपत्तिको बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन् ।   उनीहरुले प्यालेस्टिनी क्षेत्रहरूमा सैन्य कारबाही […]

पुरा पढ़नुश

कानुनी दायरामा नआउने औषधि पसल बन्द गर्ने काठमाडौं महाननगरको चेतावनी

काठमाडौं, २० मंसिर । काठमाडौं महानगरपालिकाले यही २९ मंसिरसम्ममा कानुनी दायरामा नआउने औषधि पसल बन्द गर्ने चेतावनी दिएको छ । बुधबार महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री भइरहेको तथा चिकित्सकको प्रेस्किप्सनबिना औषधि बिक्री भइरहेको भन्दै २९ मंसिरभित्र कानुनी दायरमा नआउने औषधि पसल बन्द गर्ने […]

पुरा पढ़नुश

न्युरोडबाट अवैध ८ किलो सुन बरामद, सुन पसलका सञ्चालक पक्राउ

काठमाडौं, २० मंसिर । काठमाडौंको न्युरोडस्थित ‘ओमपाल गोल्ड शप’मा छापा मारेर प्रहरीले अवैध ८ किलो सुन बरामद गरेको छ ।   सूचनाका आधारमा मंगलबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर अवैध ७ किलो ८ सय ग्राम सुनसहित ओमपाल गोल्ड शप का सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ । बरामद सुन केही ढिक्कामा र […]

पुरा पढ़नुश

एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : प्राधिकरण अध्यक्ष खनाल

काठमाडौं, २० मंसिर । टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको सेयर किनबेच सम्बन्धमा छानबिन हुने बताएका छन् । बुधबार संसदको लेखा समिति बैठकमा अध्यक्ष खनालले एनसेलको सेयर खरिद बिक्रीको अंक र प्रक्रिया शंकास्पद रहेकाले छानबिन हुने बताएका हुन् । एनसेलको स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्रीका लागि आजियटा […]

पुरा पढ़नुश