राप्रपाको बैठकमा सातवटा एजेन्डा प्रस्तुत

काठमाडौं, २० मंसिर । राप्रपाको कार्यसम्पादन समिति बैठकमा सातवटा एजेण्डा प्रस्तुत गरिएको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि विभिन्न सातवटा एजेण्डा प्रस्तुत गरेका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले  जानकारी दिए । बैठकमा राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापनालगायत जनजीविकाबारे राप्रपाले जनदबाब र आन्दोलन गर्ने विषयमा आन्दोलनको स्वरुप तयार […]

पुरा पढ़नुश

मधेस प्रदेश : बारा र पर्सामा अबैध रुपमा ल्याएको भारतीय कुखुराको चल्ला बरामद तथा नष्ट(भिडियो सहित)।

काठमाडौ  ,२० मंसिर । मधेस प्रदेशमा पर्ने जिल्लाहरु मध्ये बारा र पर्सा जिल्लामा भन्सार छली चोरी पैठारीको अबैध रुपमा ल्याएको भारतीय कुखुराको चल्लाहरु नियन्त्रणमा लिएर नष्ट गरेको प्रहरीले जनाएको छ। पर्सा प्रहरीका अनुसार मंसिर १९ गते राति २:४० मा अबैध रुपमा तस्करहरुले भारतीय कुखुराको चल्ला भन्सार छली चोरी पैठारी गरी क्वारेन्टाईनको चेकजाँच समेत नगराई लुकाई […]

पुरा पढ़नुश

पाँच किलो चाँदीजस्तो देखिने धातुसहित तीनजना पक्राउ

मकवानपुर, १९ मंसिर । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकप्वाईन्टबाट चाँदीजस्तो देखिने धातु करिब ५ केजीसहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा चितवन खैरेनी  नगरपालिका-३ बस्ने ३२ वर्षीय  राम भट्ट, चितवन भरतपुर महानगरपालिका-२९ बस्ने २७ वर्षीय मिन बहादुर गुरुङ र भारत महाराष्ट्र खवासपुर बस्ने २४ वर्षीय बिजय मारुती रहेका छन् । […]

पुरा पढ़नुश

पर्सा:पटेर्वा सुगौलीका प्रहरी निरीक्षक केशरी एक्सनमा,अबैध काठ सहित बालुवा गिट्टी लोड रहेको ३ वटा ट्याक्टर पक्राउ।

पर्सा,१९ मंसिर । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख भएर आएका दिन देखिनै प्रहरी निरीक्षक राम राजा केशरीले आफ्नो ईलाकामा शान्ति सुरक्षा कायम गर्ने देखि चोरी तस्करी,अबैध उत्खनन , काठ तस्करी तथा लागू औषध गाजा नियन्त्रण गर्न अभियान नै सन्चालन गरेका छन् ।सोही अभियानकै क्रममा प्रहरी निरीक्षक केशरीले पराल भित्र लुकाई छिपाई राखिएको अवस्थामा भारी […]

पुरा पढ़नुश

आफ्ना नेताविरुद्ध पक्राउ पुर्जी जारी भएपछि विप्लव समूह आन्दोलित

काठमाडौं, १९ मंसिर । आफ्ना नेताविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आन्दोलित भएको छ । काठमाडौं जिल्ला अदालतबाट पार्टीका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, माइला लामालगायत नेताका नाममा पक्राउ पुर्जी जारी भएपछि सो पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आफ्ना नेताविरुद्ध जारी भएको पक्राउ पुर्जीको विरोधमा सार्वजनिक गरिएको […]

पुरा पढ़नुश

मिचेङ चक्रावतले चेन्नइमा पाँचको मृत्यु, उडानहरू रद्द

नयाँदिल्ली, १९ मंसिर  । चक्रवात मिचोङको प्रकोप देशका दक्षिणी राज्यहरुमा देखिएको छ ।   चेन्नईमा भारी वर्षा र तेज हावाहुरीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । धावनमार्गमा पानी जमेका कारण विमानस्थलको उडान सञ्चालनमा समेत असर परेको छ भने धेरै उडान रद्द गर्नुपरेको छ । तमिलनाडु सरकारले चेन्नई, कांचीपुरम, तिरुवल्लुर र चेंगलपट्टु जिल्लामा सोमबार […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

  महाेत्तरी, १९ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महोत्तरी आइपुगेका छन् ।   पार्टीकाे ३ महिने रुपान्तरण अभियान अन्तर्गत मधेश प्रदेशको समिक्षा गर्न महोत्तरी आईपुगेका माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ ।   अहिले महोत्तरीको बर्दिवास स्थित माइस्थान पंचधुरा पाटी प्यालेसमा केन्द्रिय सदस्यहरुसगँ बैठक पारम्भ भएको छ ।   बैठकवाट नै रुपान्तरण अभियानका क्रममा जिम्मेवारी पाएका ८ वटै […]

पुरा पढ़नुश

एमाले पदयात्राः आज रुकुमकोट पुग्दै

काठमाडौं ,१९ मंसिर । नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्राको टोली आज रुकुमकोट पुग्दैछ ।   समृद्धिका लागि संकल्प यात्राको छैटौं दिन एमाले नेतृत्वको टोली आज रुकुम पुग्न लागेको हो । सुर्खेतबाट पूर्वी रुकुमको रुकुमकोट यात्रामा निस्केको पदयात्रा टोलीले आज सो स्थलमा आमसभा गर्दैछ ।   यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भेरी बबइ डाइभर्सनको […]

पुरा पढ़नुश

देशको अर्थतन्त्र सुधारोन्मुख : अर्थमन्त्री महत

चितवन, १९ मंसिर  । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको जानकारी दिएका छन् ।   मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका हुन् ।   “नेपालमा आउने विदेशी पर्यटकको संख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ […]

पुरा पढ़नुश

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’ देखेर फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ? ’

मुम्बई, १९ मंसिर  । ऋतिक रोशन र दीपिका पादुकोणको सबैभन्दा ठूलो एरियल एक्सन फिल्म ‘फाइटर’को लामो समयदेखि चर्चा भइरहेको थियो ।   फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित छन् । फ्यानहरुको उत्साह दोब्बर बनाउन ऋतिकको फिल्मको फर्स्ट लुक सार्वजनिक गरिएको छ ।   निर्माताहरूले उनको लुकसँगै उनको क्यारेक्टर पनि खुलाएका छन् । हो, फिल्ममा ऋतिक स्क्वाड्रन […]

पुरा पढ़नुश