मधेस प्रदेश : बारा र पर्सामा अबैध रुपमा ल्याएको भारतीय कुखुराको चल्ला बरामद तथा नष्ट(भिडियो सहित)।

समाचार

काठमाडौ  ,२० मंसिर ।

मधेस प्रदेशमा पर्ने जिल्लाहरु मध्ये बारा र पर्सा जिल्लामा भन्सार छली चोरी पैठारीको अबैध रुपमा ल्याएको भारतीय कुखुराको चल्लाहरु नियन्त्रणमा लिएर नष्ट गरेको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका अनुसार मंसिर १९ गते राति २:४० मा अबैध रुपमा तस्करहरुले भारतीय कुखुराको चल्ला भन्सार छली चोरी पैठारी गरी क्वारेन्टाईनको चेकजाँच समेत नगराई लुकाई छिपाई नेपाल तर्फ भित्राउँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं. २२ जगरनाथपुर चोकस्थित सडकखण्डमा BR05B 2881 र BR05W 8381 नम्बरको मोटरसाइकलहरुमा भारतीय कुखुराको चल्ला ४२ कार्टुनमा ४,२०० गोटा ल्याउदै गरेको अवस्थामा खटी गएको प्रहरी टोलीलाई देख्नासाथ उक्त कुखुराको चल्ला छाडी भागी फरार भएकोले वेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको छ।

थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सियामा बुझाइ नष्ट गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी )कुमार बिक्रम थापाले बताए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बाराले अबैध कुखुराको चल्ला नष्ट गरेको जनाएको छ ।
मंगलवार बिहान ६:०० बजेको समयमा कलैया उप-महानगरपालिका वडा नं.२३ भतौडा स्थित बा.३६ प ७२७३ नम्बरको मोटरसाइकलमा अबैध रूपमा भारतबाट ल्याउदै गरेको१६ कार्टुन कुखुराको चल्ला जसको बजार मुल्य अन्दाजी रु.१ लाख ६० हजार पर्दछ नियन्त्रणमा लिई नष्ट गरीएको बारा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *