बिहानै बाजुरामा भूकम्पको धक्का

बाजुरा, २९ जेठ आज बिहानै बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो । जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए । बाजुरामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ ।

पुरा पढ़नुश

लागूऔषधसहित कञ्चनपुरबाट तीन युवक पक्राउ

कञ्चनपुर, २९ जेठ कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । गएराति भीमदत्त नगरपालिका–११ स्थित नेपाल भारत सीमा ७ नम्बर पिल्लर नजिक सोही नगरपालिका–५ सुकासालका २१ वर्षीय सौरव पहरी, २० वर्षीय सुरज सुनार र २१ वर्षीय कोहरिस दमाइ पक्राउ परेका हुन् । शंकालागि चेकजाँच गर्दा उनीहरूको साथबाट ०.५१ ग्राम चरेश, ०.६० ग्राम खैरोहेरोईन र […]

पुरा पढ़नुश

गैँडाको आक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु

चितवन, २९ जेठ। चितवनमा गैँडाको आक्रमणबाट ६० वर्षीय पुरुषको मृत्यु भएको छ । हरियाली मध्यवर्ती सामुदायिक वनमा निगुरो टिप्ने क्रममा आइतबार साँझ उनलाई गैँडाले आक्रमण गरेको हो । आक्रमणबाट भरतपुर महानगरपालिका–२३ ध्रुवघाट जगतपुरका झन्डिल बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गैंडाको आक्रमणपछि झन्डिलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी […]

पुरा पढ़नुश

आजको मौसम: पुर्वी तराईमा बर्षाकाे सम्भावना, मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी हुने

काठमाडौं, २९ जेठ । हाल देशमा  पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा  रहेको छ। कोशी तथा बागमती प्रदेशको पहाडी […]

पुरा पढ़नुश

अष्ट्रेलियामा भएको बस दुर्घटनामा १० जनाको मृत्यु, ११ गम्भिर घाइते

साउथ वेल्स ,२९ जेठ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा बस सडकमा पल्टिएको छ ।   सो घटनामा परेर कम्तीमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।   प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा १० जनाको मृत्यु भएको र ११ जनालाई […]

पुरा पढ़नुश

विपन्न वर्गलाई निःशुल्क विद्युत् मिटर वितरण

काठमाडौं, २८ जेठ । नेपाल विद्युत प्राधिकरणले पिछडिएका तथा आर्थिक रुपमा विपन्न  घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ ।  प्राधिकरणले मधेश प्रदेशमा पर्ने महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्षेत्रका बसोबास गर्ने विपन्न वर्गका घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको हो । प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरुमार्फत विपन्न वर्गलाई निः शुल्क मिटर […]

पुरा पढ़नुश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चल्यो

काठमाडौं, २८ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चलेको छ । विमानस्थलको गेटनजिक लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन टोलीले गोली चलाएको हो ।   टोलीले लागुऔषध कारोबारी एक युवकलाई नियन्त्रणमा लिन घुँडामुनि गोली प्रहार गरेको हो ।  ती युवकको परिचय खुलिसकेको छैन भने उनलाई उपचारका लागि […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्डलाई कारबाहीको माग गर्दै सर्वाेच्चमा रिट दर्ता

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कारबाही गर्न माग गरिएको रिट निवेदन सर्वाेच्च अदालतमा दर्ता भएको छ । पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दिएको रिट निवेदनलाई आइतबार सर्वाेच्च अदालतले दर्ता गरेको हो । गत शुक्रबार रिट […]

पुरा पढ़नुश

बुहारीको हत्या आराेपमा सासुससुरा पक्राउ

कैलाली, २८ जेठ ।  आफ्नै बुहारी २७ वर्षीया कौशी भन्ने कविता बुढाको हत्या गरेको अभियोगमा गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने ५२ वर्षीय डिल्ली सिंह बुढा र उनकै श्रीमती ५० वर्षीया लहरी बुढालाई प्रहरीले पक्राउ गरेको छ ।   कविता यही जेठ १८ गतेबाट हराएको भन्ने निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा […]

पुरा पढ़नुश

विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री

काठमाडौं, २८ जेठ । पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।   आइतबार दिउँसो धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्त (दोस्रो चरण) समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने र स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने बताएका हुन् ।   […]

पुरा पढ़नुश