सिंगापुर पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

काठमाडौं, १२ वैशाख । सिंगापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका-१ घर भई काठमाडौं गोंगबु नयाँ बसपार्क बस्ने ४१ वर्षीय ओमनाथ मैनालीलाई प्रहरीले पक्राउ गरेको छ ।   वैदेशिक रोजगारीको लागि सिङगापुर पठाई होटलमा काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा ६ लाख ४० हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित […]

पुरा पढ़नुश

रुसको भ्रमण पूरा गरी राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

काठमाडौं, १२ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुसको भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्किएका छन् । गत ६ वैशाखमा रुस प्रस्थान गरेका उनी मंगलबार स्वदेश आइपुगेका हुन् । रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोको निमन्त्रणामा उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै ६ वैशाखमा रुस प्रस्थान थिए ।

पुरा पढ़नुश

आज विश्व औ‌‌लो दिवस: विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं, १२ वैशाख । आज विश्व मलेरिया दिवस  ।   “शून्य मलेरिया प्रदान गर्ने समय: लगानी, आविष्कार, कार्यान्वयन” भन्ने नाराका साथ विश्वभरी मनाईदैछ ।   लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग ’औ‌लो’ विरुद्धको दिवस संसारभर प्रत्येक बर्ष २५ अप्रिलमा मनाइन्छ । यसबारे सचेतनाका लागि आज संसारभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मलेरिया (औंलो) दिवस मनाइदै छ। नेपालमा पनि […]

पुरा पढ़नुश

२०७२ सालकाे शक्तिशाली भूकम्पकाे आठ वर्ष पूरा

काठमाडौं, १२ वैशाख । म‌ंगलबार २०७२ सालको भूकम्पको आठ वर्ष पूरा भएकाे छ । वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गाेरखाकाे बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७‍‍.६ म्याग्नेच्युडकाे शक्तिशाली भूकम्प गएकाे थियाे । राष्ट्रिय योजना आयोगको अगुवाइमा सङ्कलन गरेको तथ्यांक अनुसार साे भूकम्पबाट ८ हजार ८९१ जनाभन्दा बढीले ज्यान गुमाएका थिए भने २२ हजार ३०० भन्दा बढी घाइते […]

पुरा पढ़नुश

उपनिर्वाचन अपडेट:चितवन २ मा रविलाई १७ सय मतको अग्रता

चितवन , ११ वैशाख उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७ सय मतको अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेटअनुसार रास्वपाका रवि लामिछानेले ४३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ मतसहित उनलाई पछ्याइरहेका छन् । नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ २२०५ मतसहित तेस्रो स्थानमा छन् ।

पुरा पढ़नुश

बारा उपनिर्वाचन अपडेट:उपेन्द्रले लिए ६०० मतको अग्रता

बारा, ११ वैशाख बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् । उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँगको मतान्तर ६०० पुर्‍याएका छन् । जसपाका अध्यक्षसमेत रहेका यादवले २७७०, जनमतका कुशवाहले २१८२, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ९२९ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३५१ मत पाएका छन् […]

पुरा पढ़नुश

तनहुँ १ निरन्तर मतान्तर फराकिलो पार्दै स्वर्णिम

तनहुँ, ११ वैशाख तनहुँ क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णि वाग्लेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो विवरण अनुसार वाग्लेले ९ हजार ३४९ मतान्तरसहित अग्रता कायम गरेका छन् । ४३ हजार ७१ मत गन्दा वाग्लेले २२ हजार २६० मत ल्याएका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराई १२ हजार ९११ […]

पुरा पढ़नुश

प्रहरी अधिकृतलाई मानव बेचबिखन तथा ओसारपसार अपराध काुनन सम्बन्धी प्रशिक्षण

  भैरहवा, ११ वैशाख लुम्बिनी प्रदेशका मानव बेचबिखन तथा ओसार पसार अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकृतलाई  कानुन सम्बन्धि अनुशिक्षण गरिएको छ । नेपाल प्रहरी मानव बेचविखन अनुसन्धान ब्युरो बवरमहल काठमाडौं र मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) को आयोजना तथा आइआरइ एक्सको सहयोगमा लुम्बिनी प्रदेशका २० प्रहरी अधिकृतलाई मानव बेतविखन, अप्रवासन र मानव तस्करीको अवधारणा, […]

पुरा पढ़नुश

बारा–२ अपडेट : उपेन्द्रलाई पछि पारे शिवचन्द्रले

बारा, ११ वैशाख । बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अग्रता लिएका छन् ।   करैयामाई नगरपालिका– १ र २ को २ हजार ७४ मत गणना गर्दा कुशवाहले अग्रता लिएका हुन् […]

पुरा पढ़नुश

अख्तियारको क्षेत्राधिकार विस्तार रोक्न सभामुखलाई चेम्बरको ज्ञापनपत्र

काठमाडौं, ११ वैशाख ।  नेपाल चेम्बर अफ कमर्शले अख्तियारको क्षेत्राधिकार विस्तार गर्ने गरी प्रतिनिधिसभामा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक संविधान अनुकूल बनाउन सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ ।   चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोलीले अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने व्यवस्थाप्रति आपत्ति जनाएको हो । […]

पुरा पढ़नुश