प्रहरी अधिकृतलाई मानव बेचबिखन तथा ओसारपसार अपराध काुनन सम्बन्धी प्रशिक्षण

समाचार

 

भैरहवा, ११ वैशाख

लुम्बिनी प्रदेशका मानव बेचबिखन तथा ओसार पसार अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकृतलाई  कानुन सम्बन्धि अनुशिक्षण गरिएको छ ।

नेपाल प्रहरी मानव बेचविखन अनुसन्धान ब्युरो बवरमहल काठमाडौं र मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) को आयोजना तथा आइआरइ एक्सको सहयोगमा लुम्बिनी प्रदेशका २० प्रहरी अधिकृतलाई मानव बेतविखन, अप्रवासन र मानव तस्करीको अवधारणा, राष्ट्रिय कानुन, फौजदारी न्याय प्रणलीमा पीडितको अधिकार , मानव बेचविखन मुद्दाको अभियोजन र चुनौतीहरु लगायतको विषयमा अनुशिक्षण तालिम गरिएको हो ।

तालिममा पिपुल फोरम परियोजनाका संयोजक पुरुषेतम प्रजापति, उपाध्यक्ष कृष्ण न्यौपाने, उच्च अदालतका पूर्वन्यायधिस अग्नि थपलिया, संस्थापक अध्यक्ष सोम लुइटेल लगायतले प्रशिक्षण गरेका थिए ।

वैदेशीक रोजगार सम्बन्धी कानुन अन्तर्गत अधिकार, उपचार विधी मानव वेचविखन अनुसन्धानको भूमिका, मानव बेचविखन तथा ओसारपसार सम्बन्धी मुद्दाको अनुसन्धान कार्यविधी, अन्तराष्ट्रिय तथा क्षेत्रिय महासन्धी, अपराध अनुसन्धानका चुनौती लगायतको विषयमा प्रशिक्षण गरिएको थियो ।

तालिमको समापन समारोहमा बोल्दै प्रमुख अतिथी लु्म्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीले मानव वेचविखन र तस्करीको तथ्याङ सुगममा बढि देखिएपनि उदगम स्थल दुर्गम क्षेत्रमा जनचेतनता र जागरुकता जगाउनु पर्ने बताए । नाका र विमानस्थलमा जनचेतना तथा अभिमुखीकरण गर्नु भन्दा दुर्गम ठाउमा कार्यक्रमहरु लगे यसले मानव वेचविखन र मानव तस्करीमा न्यूनिकरण र नियन्त्रण हुने बताए । अपराध गर्नेहरु संगठित गिरोह बनाएर गर्ने भएकोले यस्को नियन्त्रण र न्यूनिकरण गर्न पनि संगठित रुपमा सरोकारवाला पक्ष भएर लाग्नु पर्ने बताए ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *