राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं, ३० चेैत । बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ । बिहीवार दिउँसो १:०१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गाैतमले जानकारी दिए ।   उनका अनुसार स्थगित बैठक ४ वैशाख सोमबार दिउँसो १:०१ बजे बस्नेछ ।

पुरा पढ़नुश

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिरगंज २ मा लैङ्गिक हिंसा विरुद्धको जनचेतना मुलक कार्यक्रम सम्पन्न ।

रसीद आलम।बिरगंज ,चैत २९। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ को आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत बिरगंज महानगपालिकाम वडा नं.२ स्थित ईदगाह चौकमा लैङ्गिक हिंसा विरुद्धको जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा पर्चा पम्प्लेट बितरण गरि जनसमुदायमा लैङ्गिक हिंसा सम्बन्धि जनचेतना ,जानकारी जस्ता सूचनामुलक कार्यक्रम गरियो तथा लैङ्गिक […]

पुरा पढ़नुश

संसदमा पदम गिरी र राजेन्द्र पाण्डेको सवाल जवाफ

काठमाडौं, २९ चैत । संसदमा एकीकृत समाजवादी सांसद राजेन्द्र पाण्डे र एमालेका प्रमुख सचेतक पदम गिरीबीच सवाल जवाफ भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद पाण्डेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने अपराधीलाई कारबाही गर्नुपर्ने बताएपछि एमाले प्रमुख सचेतक गिरीले आपत्ति जनाएका हुन् ।   ठगी घटनामा पूर्व गृहमन्त्री (एमाले नेता रामबहादुर थापा बादल) […]

पुरा पढ़नुश

उपनिर्वाचनका लागि पर्यवेक्षण गर्ने आयोगको अनुमति

काठमाडौं, २९ चैत । निर्वाचन आयोगले आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न केही संघसंस्थालाई अनुमति दिएको छ । आयोगका प्रवक्ता शर्मा पौडेलका अनुसार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्व न्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाललाई उपनिर्वाचनको पर्यवेक्षण […]

पुरा पढ़नुश

२७ हजार १२९ अमेरिकी डलरसहित ३ जना बंगलादेशी र भारतीय नागरिक पक्राउ

काठमाडौं, २९ चैत । अबैध रुपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २७ हजार १२९ सहित दुईजना बंगलादेशी नागरिक र एकजना भारीय नागरिक गरी तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा बंगलादेशी नागरिकहरू ३७ वर्षीय एमडि मोफिजुल ईस्लाम र ४७ वर्षीय देबासहिस कुमार साह तथा भारतीय नागरिक ४३ वर्षीय सन्दिप कुमार […]

पुरा पढ़नुश

मेयर बालेन गैरजिम्मेवार बने भन्दै संघीय सरकार गैरजिम्मेवार बन्न मिल्दैन : राजेन्द्र पाण्डे

काठमाडौं, २९ चैत । एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले फोहोर उठाउने विषयमा काठमाडौं महानगरपालिका गैरजिम्मेवार बने पनि संघीय सरकार गैरजिम्मेवार बन्न नहुने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले काठमाडौंका मेयर बालेन शाहले राष्ट्रपति भवन, सिंहदरवारलगायत स्थानको फोहोर उठाउँदिनँ भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको बताए । तर, उनले संविधानले दिएको जिम्मेवारी पूरा नगर्ने अभिव्यक्ति दिए […]

पुरा पढ़नुश

सगरमाथामा गएको हिम पहिरोमा परी तीन जनाको मृत्यु

सोलुखुम्बु, २९ चैत सगरमाथामा गएको हिमपहिरोमा परी तीन जनाको ज्यान गएको छ । आरोहीहरूको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेकाहरू खुम्बु आइसफलभन्दा माथि र पहिलो शिविरभन्दा केही तल बिहान हिमपहिरोमा परेर मुत्यु भएको बताइएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसी)का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार ज्यान गुमाउने तीनै जना खुम्बु पासाङ ल्हामु […]

पुरा पढ़नुश

१० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न बारको अल्टिमेटम

काठमाडौं, २९ चैत । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न अल्टिमेटम दिएको छ । लामो समयदेखि कामु प्रधानन्यायाधीशबाट न्यायालय चलिरहेको भन्दै बारले अबको १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया नथाले आन्दोलन गर्ने चेतावनी दिएको हो । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया नथाले आन्दोलन गर्ने […]

पुरा पढ़नुश

रास्वपा बैठक जारी

काठमाडौं, २९ चैत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी रहेको छ रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठको विषयमा निर्णय लिने बताइएको छ । पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो टेप प्रकरणसम्बन्धी प्रतिवेदन हिजो नै पार्टी सभापति रवि लामिछानेलाई बुझाएको […]

पुरा पढ़नुश

लियो जिल्ला परिषद ३२५ आरको पहिलो वार्षिक सम्मेलन सम्पन्न

काठमाडौं, २९ चैत लियो जिल्ला परिषद् ३२५ आरले चैत २५ गते काठमाडौको शान्तिनगरमा पहिलो वार्षिक जिल्ला सम्मेलन सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न गरेको छ। वर्तमान जिल्ला अध्यक्ष लियो पुरुषोत्तम सुवेदीको अध्यक्षतामा भएको उक्त सम्मेलनमा लियो बर्ष २०२३/२४ का लागि जिल्ला अध्यक्षमा लियो किरण लामिछाने र उपाध्यक्षमा लियो ललन कुमार महतो निर्विरोध निर्वाचित भएका छन्। सोही दिन […]

पुरा पढ़नुश