रसीद आलम।बिरगंज ,चैत २९।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ को आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत बिरगंज महानगपालिकाम वडा नं.२ स्थित ईदगाह चौकमा लैङ्गिक हिंसा विरुद्धको जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा पर्चा पम्प्लेट बितरण गरि जनसमुदायमा लैङ्गिक हिंसा सम्बन्धि जनचेतना ,जानकारी जस्ता सूचनामुलक कार्यक्रम गरियो तथा लैङ्गिक हिंसा सम्बन्धि नेपालको संविधानमा उल्लेख गरिएको कानुनी प्रावधानको बारेमा जनस्तरमा जानकारी गराईएको सामुदायिक सेवा केन्द्र छपकैया २ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले बताएका छन ।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैया २ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा वडा समिति कार्यालय वडा नं.२ का वडा अध्यक्ष महमद रेयाज मिया तेलीको प्रमुख आतिथ्यमा ,वडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्रहरी निरीक्षक विदुर प्रसाद सिवाकोटीको बिशिष्ट आतिथ्यमा संचालन भएको थियोे ।
सो कार्यक्रममा वडा समिति सदस्य बसिर मिया हजाम ,लतिफ मिया अंसारी ,महिला वडा सदस्य रम्भा देवी , महिला वडा सदस्य संगिता थापा , पदाधिकारी, सामुदायिक सेवा केन्द्र छपकैयाका वरिष्ठ उपाध्यक्ष मो.अब्दुल हक ,सचिव प्रविण बिक्रम शाह ,कोषाध्यक्ष प्रेमा कुमारी सिंह , अजित भुजेल ,सामुदायिक प्रहरी सेवाका प्र.स.नि.ईन्दिवर चौधरी प्र.ह.देवेन्द्र कुमार पटेल लगाएत स्थानीयहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।
