आज देखी लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन

वुटवल, १६ चैत । आज देखी नेपाल पत्रकार महासंघको आयोजनामा लुम्बिनीमा दुई दिने राष्ट्रिय मिडिया सम्मेलन हुदैँछ ।   यसैगरी, महासंघले आफनो ६८औं स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते २ दिने मिडिया सम्मेलन गर्न लागेको हो ।   महासंघका अध्यक्ष विपुल पोखरेलका अनुसार बिहीबार देखी लुम्बिनीमा सुरु हुने लुम्बिनीमा गरिने मिडिया […]

पुरा पढ़नुश

साउदी अरेबिया पुगेका युवा काम र दाम नपाउँदा अलपत्र

काठ्माडौं, १६ चैत । बैदेसिक रोजगारीका सिलसिलामा साउदी अरेबिया पुगेका युवा अलपत्र परेका छन् ।   रोजगारीका लागि ऋण काढेर गत जनवरी २१ मा (माघ ७ गते) साउदी अरेबिया पुगेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका बिनोद राईलगायतका युवा काम र दाम नपाउँदा अलपत्र परेका हुन् । श्रम गन्तव्य मुलुकमा पुगेको दुई महिना बितिसक्दा समेत रोजगार […]

पुरा पढ़नुश

प्रधानमन्त्री चितवन जाने भएपछि गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो

काठमाडौं, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन जाने भएपछि आज बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्ष बिहिन हुन पुगेको छ ।   मन्त्रालयको संख्या र मन्त्रालय भागबन्डाका लागि आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो । प्रधानमन्त्री दाहाल चितवनवाट फर्के पछि पुनः बैठक बसी मन्त्रालयको संख्या र मन्त्रालय भागबन्डा हुने जनाईएको […]

पुरा पढ़नुश

चैते दशैंका अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट मौलो पूजा सम्पन्न

स्रोत नेपाल प्रहरी ।काठमाडौं,चैत १५। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैते दशैंका अवसरमा बुधबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो । नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाउनु भएको थियो । साथै प्रहरी […]

पुरा पढ़नुश

सत्तागठबन्धनमा मिल्यो भागबन्डा

काठमाडौं, १५ चैत सत्ता गठबन्धन दलमा भागबन्डा मिलेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले भागबन्डा मिलाएको हो । जसअन्तर्गत नेपाली कांग्रेसले आठ मन्त्रालय पाउने भएको छ । यस्तै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाउने भएको छ । साथै माओवादीले थप एक राज्यमन्त्री पनि पाउने भएको छ । त्यस्तै एकीकृत समाजवादी र जनता समाजवादीले […]

पुरा पढ़नुश

लागुऔषधसहित २ जना पक्राउ

झापा, १५ चैत । झापाकाे मेचीनगर नगरपालिका -६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१ बस्ने २४ वर्षीय प्रजन्त राई र बाँके नेपालगञ्ज उपमहानगरपालिका-६ घर भई झापा विर्तामोड नगरपालिका-१ बस्ने २१ वर्षीय शोहन भडेल रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध […]

पुरा पढ़नुश

‘ठिटो झापाको’मा गायक आशिषसँग रोमान्टिक बनिन् शनिशा

काठमाडौं, १५ चैत।  गायक आशिष सचिनको  ‘ठिटो झापाको’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक सचिनसँगै गायिका अनु चौधरीको स्वर रहेको सार्वजनिक गीतमा  शब्द तथा संगीत सन्तोष सुनुवारको रहेको छ । पर्यटकीय नगरी इलाम र झापामा छायांकन गरिएको सार्वजनिक गीतमा गायक सचिनसँगै मोडल शनिशा भट्टराइको अभिनय देख्न सकिन्छ । गहिरो प्रेममा परेको एक प्रेमील […]

पुरा पढ़नुश

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धनुषा, १५ चैत । धनुषाको मिथिला बिहारी नगरपालिका २ मा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडी सवार व्यक्ति भने घाइते भएका छन् ।   धनुषाकै मिथिला बिहारी नगरपालिका ६ सिरसियाका २१ बर्षीय बिजय कुमार यादवको मृत्यु भएको हो । उपचारको क्रममा विजय कुमारको काव्य अस्पताल जनकपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय […]

पुरा पढ़नुश

आगलागी हुँदा बालिकाको मृत्यु

रौतहट, १५ चैत । रौतहटको ईशनाथ नगरपालिका–६ मा घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ ।   मंगलबार राति आगलागी हुँदा सुतिरहेकी मोजिबुल रहमानकी छोरी ११ वर्षीया रजिया खातुनको मृत्यु भएको हो । ती बालिका सुतेका कारण आगलागी भएको थाहा पाउन नसकेको र भाग्न नपाएकाले जलेर मृत्यु भएको स्थानीयले बताएका छन् । प्रहरीका अनुसार […]

पुरा पढ़नुश

नाबालिक बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ

धनगढी, १५ चैत   नाबालिक बलात्कारको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१३ मा घर भाडामा बस्दै आएका भारतीय नागरिकले गत चैत्र १० गते ६ – ७ वर्षकी एक नाबालिकलाई ललाईफकाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।   जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा भारतको उत्तरप्रदेशको रामपुर जिल्ला […]

पुरा पढ़नुश