मनाङमा भीरबाट खसेर चिनियाँ पर्यटकको मृत्यु

पोखरा, १६ चैत मनाङमा भीरबाट खसेर एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा चिनियाँ नागरिक झाङ जी रहेका छन् । जी नासो गाउँपालिका वडा नम्बर २ खोत्रो भीरबाट खसेर गम्भीर घाइते भएकोमा उनको उद्धार गरी लमजुङको बेंसीसहर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । मस्र्याङ्दी नदी किनारमा रहेको गोरेटो […]

पुरा पढ़नुश

शरदसिंह भण्डारी श्रममन्त्री बन्दै

काठमाडौं, १६ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरदसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकले लोसपालाई श्रम मन्त्रालय दिने निर्णय गरेसँगै उनी श्रम मन्त्री बन्ने भएका हुन् । यसको पुष्टि स्वयं भण्डारीले  गरेका छन् । ‘म […]

पुरा पढ़नुश

ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित

काठमाडौं, १६ चैत । नेपाली क्रिकेट टोलीका पाँचजना खेलाडी सम्मानित भएका छन् । फिनिक्स कलेज अफ म्यानेजमेन्टले बिहीबार ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई ५० हजार नगदसहित सम्मान गरेको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको उपस्थितिमा उनीहरुलाई सम्मान गरिएको हो ।

पुरा पढ़नुश

उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

काठमाडौं, १६ चैत  । निर्वाचन आयोगले आगामी १० वैशाख आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि न्यायपरिषद्को परामर्शमा बिहीबार मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ । यही १८ चैतदेखि लागु हुने गरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृतहरूमा चितवन क्षेत्र नं. २ का लागि चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं. २ का लागि बारा […]

पुरा पढ़नुश

जसपाबाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष यादवलाई

काठमाडौं, १६ चैत जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा पठाउने मन्त्रीको नाम छनोट गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । आज बसेको बैठकले अध्यक्ष यादवलाई नै सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्ने जिम्मेवारी दिएको हो । मन्त्रीको नाम छनोट गर्दा सन्तुलन मिलाउन पनि आग्रह गरिएको छ । विस्तार हुन लागेको मन्त्रिपरिषद्‌मा जसपाले दुईवटा मन्त्रालय […]

पुरा पढ़नुश

कांग्रेसले टुङ्गयायो मन्त्रीको नाम।

काठमाडौं, १६ चैत नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्रीको नाम टुङ्ग्याएको हो । कांग्रेसबाट उपसभापति खड्का र रमेश रिजालमध्ये एक जनाले परराष्ट्र र एक जनाले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । यस्तै अर्का उपसभापति धनराज गुरुङ् सामान्य प्रशासन, एनपी साउँद शहरी विकास, सिता […]

पुरा पढ़नुश

१७ करोड भन्दा बढीको कोकिनसहित भारतीय महिला पक्राउ

काठमाडौं, १६ चैत नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले ७ केजी ८ सय ८७ ग्राम लागूऔषध कोकिनसहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्ली लैजान लागेको अवस्थामा कोकिनसहित एक भारतीय महिला र काठमाडौंको ठमेलस्थित एक होटलबाट अर्का एक भारतीय महिलालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा ४५ […]

पुरा पढ़नुश

जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, उभिएर खानुपर्ने बाध्यता

जनकपुरधाम, १६ चैत । क्षमताभन्दा ६३ प्रतिशत बढी कैदीबन्दी रहेको जलेश्वर कारागार महोत्तरीमा ठाउँको अभाव भएपछि ति कैदीबन्दी उभिएर खाना खान बाध्य भएका  छन् । २०० कैदीबन्दी अटाउने क्षमता रहेको सो कारागारमा ५५० कैदीबन्दी छन् । कारागारभित्र ठाउँको अभावमा ति कैदीबन्दीहरु कष्टकर जीवन बिताउन बाध्यभएको कारागार प्रशासनले जनाएको छ ।   बजेट तथा श्रोत साधनको […]

पुरा पढ़नुश

दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुन्छ : प्रधानमन्त्री

चितवन, १६चैत । प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने आश्वासन दिएका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका– १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको एक वा दुई हप्तामासमस्या समाधान हुने आश्वासन दिएका हुन् । धुर्मुस–सुन्तली फाउन्डेसको अगुवामा निर्माण सुरु गरिए […]

पुरा पढ़नुश

रजनीकान्तको बाबाले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

मुम्बई, १६ चैत । बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले रजनीकान्तको तमिल फिल्म ‘बाबा’ बक्सअफिसमा फ्लप भएपछि आफूलाई साउथ फिल्मबाट अफर आउन बन्द भएको खुलासा गरेकी छन् । यद्यपि यो फिल्म सन् २०२२  डिसेम्बरमा पुनः रिलिज हुँदा भने हिट भएको थियो ।   मनिषाले ‘बम्बे’, ‘इण्डियन’ र ‘मुधालवन’ जस्ता साउथ फिल्ममा पनि अभिनय गरेकी […]

पुरा पढ़नुश