मनाङमा भीरबाट खसेर चिनियाँ पर्यटकको मृत्यु

समाचार

पोखरा, १६ चैत

मनाङमा भीरबाट खसेर एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा चिनियाँ नागरिक झाङ जी रहेका छन् ।

जी नासो गाउँपालिका वडा नम्बर २ खोत्रो भीरबाट खसेर गम्भीर घाइते भएकोमा उनको उद्धार गरी लमजुङको बेंसीसहर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

मस्र्याङ्दी नदी किनारमा रहेको गोरेटो बाटोमा हिड्ने क्रममा जी बाटोबाट तल खसेका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *