जनयुद्ध महान र युगान्तकारी मात्रै होइन, राष्ट्रको साझा सम्पत्तिसमेत होः प्रधानमन्त्री प्रचण्ड

काठमाडौ ,फागुन १।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली धर्तीमा सञ्चालित जनयुद्ध महान् र युगान्तकारी रहेको जनाएका छन । २८औँ जनयुद्ध दिवसका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले युग परिवर्तनको प्रतिनिधित्व गर्ने  ‘जनयुद्ध’ आफैमा ऐतिहासिक र गौरवशाली रहेको बताएका हुन । प्रधानमन्त्री प्रचण्डले जनयुद्धको जगमा स्थापितअधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति रहेकोसमेत उल्लेख गरेका छन् । […]

पुरा पढ़नुश

१ फागुनलाई ‘जनयुद्ध दिबस’ मनाउने भन्दै सार्बजनिक बिदा दिए पनि बैंकहरुका अत्याबश्यक सेवा भने सुचारु रहने :नेपाल राष्ट्र बैंक ।

युगलकिशोर श्रीवास्तव। काठमाडौं, १ फागुन  । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अकास्मात १ फागुनलाई ‘जनयुद्ध दिवस’ मनाउने भन्दै सार्बजनिक बिदा दिए पनि बैंकहरुका अत्याबश्यक सेवा भने सुचारु हुने भएका छन् ।   नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरी मुलकभरका बैंकहरुलाइ अत्याबश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्रहीहरुको हितमा ध्यानमा राखी बिहान १० बजे देखी अपरान्ह […]

पुरा पढ़नुश

टर्की भुकम्पः १४९ घण्टापछि भग्नावशेषमुनिबाट ३५ वर्षीय व्यक्तिको जिवितै उद्धार

काठमाडौं, २९ माघ । दक्षिणी टर्कीको हाते प्रान्तमा शक्तिशाली भूकम्प गएको १४९ घण्टापछि भत्किएको भवनको भग्नावशेषमुनिबाट एक ३५ वर्षीय व्यक्तिको जिवित उद्धार गरिएको छ ।   टर्कीको सरकारी समाचार एजेन्सी अनादोलुले जनाएअनुसार मुस्तफा सारिगुल भनेर चिनिने व्यक्ति स्क्यानको क्रममा ६ तले अपार्टमेन्ट भवनको भग्नावशेषमा फेला परेका थिए ।   खोज र उद्धार टोली साथै सैन्य कर्मचारी […]

पुरा पढ़नुश

सरकारले दियो भोली सार्वजनिक बिदा

  काठमाडौं, २९ माघ नेपाल सरकारले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक […]

पुरा पढ़नुश

चितवन-२ का लागि आयोगले तोक्यो उपनिर्वाचन मिति

  काठमाडौं, २९ माघ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि मंसिर ४ […]

पुरा पढ़नुश

श्रोत नखुलेको रकमसहित वीरगञ्जबाट एक जना पक्राउ।

  वीरगञ्ज, २९ माघ सशस्त्र प्रहरी बल नेपाल बिओपी वीरगञ्जले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट ईनर्वा बस्ने २५ वर्षीय प्रवेश कुमारलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका डीएसपी तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए । बीआर ०५ एभी ३४७७ नम्बरको […]

पुरा पढ़नुश

त्रिभुवन विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित दुई जना भारतीय नागरिक पक्राउ

काठमाडौं, २९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । विमानस्थलको आगमन टनेल गेट नजिकैबाट सुनजस्तो देखिने धातु ५०० ग्रामसहित भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई शनिबार पक्राउ  गरेको प्रहरीले जनाएको […]

पुरा पढ़नुश

भारतीय सेनाका स्थल अध्यक्ष नेपाल आउँदै

काठमाडौं, २७ माघ । भारतीय सेनाका स्थल सेना अध्यक्ष मनोज पाण्डे नेपाल आउन लागेका छन । नेपाली सेनाको निमन्त्रणमा चार दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन । नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्ण भण्डारीका अनुसार आगामी ५ फागुनमा नेपाल आएर ८ फागुनमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।   भारतीय स्थल सेनाका प्रमुख पाण्डे दोस्रो […]

पुरा पढ़नुश

शाहरुख खानले भने, ‘मुश्किलले एक्सन हिरो बनेको छु’

काठमाडौं, २९ माघ । बलिउडका बादशाह शाहरुख खानले मुश्किलले एक्सन हिरो बनेको बताएका छन् । बलिउडमा शाहरुखको पठानले धुम मचाईरहेको बेला यस्तो प्रतिक्रिया दिएका हुन । उनले भनेका छन, ‘अरे यार मुश्किलले एक्सन हिरो बनेको छु, तिमी अझै राज (दिलवाले दुल्हनीया ले जाएंगेको हिरो) जस्तै होस भन्ने चाहान्छौ, राज त सबैको घरमा छ ।’ शाहरुख […]

पुरा पढ़नुश

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित ।

काठमाडौं, २९ माघ । सरकारसँगको वार्तापछि नेपाल चिकित्सक संघले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । गत शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा सुरक्षाकर्मीबाट चिकित्सकको कुटिएको विरोधमा आइतबार आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारेको संघले सरकारसँगको वार्ता पछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । वार्तापछि संघका अध्यक्ष डा लोचन कार्की र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव […]

पुरा पढ़नुश