प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने लोसपाको निर्णय।

काठमाडौं, २६ पुस । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका नेता केशव झाले जानकारी दिए । सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी हुुने या नहुने विषयमा कुनै निर्णय नभएको उनले बताए […]

पुरा पढ़नुश

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प।

एजेन्सी जकार्ता, २६ पुस इन्डोनेसियाको तानिम्बर क्षेत्रमा मङ्गलबार ७.७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी)ले जनाएको छ । भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको पनि सो निकायले जनाएको छ । भूकम्पले पुरयाएको जनधनको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । प्रभावित क्षेत्रमा उद्धारकर्ता खटाइएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

पुरा पढ़नुश

प्रतिनिधिसभा बैठक सर्‍यो।

काठमाडौं, २६ पुस । प्रतिनिधिसभाको बैठक सरेको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए । उनका अनुसार विशेष कारण मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सार्नुपरेको हो ।

पुरा पढ़नुश

गृह मन्त्रालयको सूचना- भोलि सार्वजनिक बिदा।

काठमाडौं, २६ पुस । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा उल्लख छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको म‌ंगलबार जारी सूचनामा उल्लेख छ ।

पुरा पढ़नुश

गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण राखौं : राप्रपा प्रवक्ता श्रेष्ठ।

काठमाडौं, २६ पुस ।  राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण राख्ने सार्वजनिक रुपमा प्रस्ताव गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले गोरखा जिल्लाको गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण राख्न प्रस्ताव गरेका हुन् । ३०१औं पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा उनले गोरखा नगरपालिकाको नाम परिवर्तन गर्न प्रस्ताव गरेका हुन् […]

पुरा पढ़नुश

गण्डकीका मुख्यमन्त्री अधिकारीले लिए शपथ।

पोखरा, २५ पुस गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आजै अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । अधिकारीलाई ३३ सांसदको समर्थन छ । मुख्यमन्त्री अधिकारीले आजै ३ मन्त्रीलाई नियुक्त गरेका छन् । माओवादीका हरिबहादुर चुमान, एमालेकी सीताकुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङले पनि शपथ लिएका छन् । […]

पुरा पढ़नुश

फेरि प्रचण्ड र ओलीबीच विग्रहको बिजारोपण देखेँ : गगन थापा।

काठमाडौं, २५ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले सत्ता साझेदार प्रमुख दलका शीर्ष नेताबीच विग्रहको बिजारोपण देखेको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा महामन्त्री थापाले बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विग्रहको संकेत देखेको बताएका हुन् । बैठकलाई सम्बोधन […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता।

  काठमाडौं, २५ पुस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । उनीहरूबीच धुम्बाराहीमा भेटवार्ता भएको देउवाको सचिवालयले जानकारी दिएको छ । मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले देउवालाई भेटेका हुन् ।

पुरा पढ़नुश

वीरगञ्जबाट एक जना हुण्डी कारोबारी पक्राउ।

  पर्सा,वीरगञ्ज, २५ पुस हुण्डी कारोबार गरेको आरोपमा वीरगञ्ज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हुण्डी कारोबारको आरोपमा वीरगञ्ज–१७ अलौ बस्ने १९ बर्षिय राजन कुमार साहलाई १२ लाख २० हजार रकमसहित पक्राउ गरेको हो । वीरगञ्ज–२५ सिर्सिया स्थित सडक खण्डमा बीआर ०५ ए ई ३५५६ नम्बरको भारतीय मोटरसाइकलमा आउँदै गरेका साहले लगाएको हेल्मेटभित्रबाट […]

पुरा पढ़नुश

प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए पद तथा गोपनियताको सपथ, माओवादीद्धारा वहिष्कार।

विराटनगर, २५ पुस प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको सपथ लिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । तर, हिजो मात्रै कार्कीलाई समर्थन गरेको माओवादी केन्द्रले भने मुख्यमन्त्रीको सपथ ग्रहण वहिष्कार गरेको छ । […]

पुरा पढ़नुश