जरायो मारेको आरोपमा पर्सा वन्यजन्तु आरक्षणद्वारा प्रदेशसभा सदस्य जयसवालसँग लियो बयान

पर्सा , २० पुस पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको आरोप लागेका प्रदेश सभा सदस्य प्रमोद जयसवाल बयानका लागि निकुञ्ज कार्यालयमा हाजिर भएका छन् । उनीसँग निकुञ्जका अनुसन्धान अधिकारीले मंगलबार बयान लिएका छन् । सोही घटनाको आरोपमा बयानका लागि पुगेका गाउँपालिका पूर्वअध्यक्ष प्रदीप जयसवालको बयान लिन भने बाँकी रहेको आरक्षण कार्यालय आधाभार बाराका सूचना अधिकारी सूर्य […]

पुरा पढ़नुश

गृहमन्त्री लामिछानेलाई बधाई दिन कुलमान घिसिङ सिंहदरवारमा।

काठमाडौं, १९ पुस । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् । सिंहदरवारस्थित गृहमन्त्रालयमा मंगलबार पुगेर घिसिङले उपप्रधानमन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । सञ्चार क्षेत्र छाडेर केही महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्दै लामिछाने गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा […]

पुरा पढ़नुश

चालु पुँजी कर्जा मार्गदर्शन खारेज गर्न माग गर्दै प्रदर्शन

  बारा, १९ पुस । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा मार्गदर्शन २०७९ खारेज गर्नुपर्ने माग राख्दै निजगढ नगरपालिकामा मंगलबार उद्योगी व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । उद्योगी तथा व्यवसायीआवद्ध संघ निजगढ नगर उद्योग वाणिज्य संघले मार्गदर्शन खारेजीको मागसहित विरोध प्रदर्शन गरेका हुन् । निजगढ नगर उद्योग वाणिज्य संघले व्यवसायिक वातावरण नबनेको भन्दै मार्गदर्शन […]

पुरा पढ़नुश

मिटरब्याजबाट पीडितहरूको समस्या समाधान गर्न गठित कार्यदलले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन।

काठमाडौं, १९ पुस मिटरब्याजबाट पीडितहरूको समस्या समाधान गर्न गठित कार्यदलले मंगलबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । सहसचिव डा. भीष्मकुमार भुसाल नेतृत्वको कार्यदलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका उपसचिव श्रीकृष्ण पौडेल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता श्यामप्रसाद दाहाल, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, […]

पुरा पढ़नुश

अनिश्चितकालका लागि राहदानी वितरण बन्द

काठमाडौं, १९ पुस । राहदानी विभागले मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो । सिस्टममा समस्या आएको र समाधानका लागि निरन्तर प्रयास गर्दा पनि समाधान नभएको भन्दै विभागले राहदानी वितरण कार्य रोकेको हो । सिस्टममा समस्या आउँदा राहदानी आवेदनको स्टाटस हेर्ने […]

पुरा पढ़नुश

सलमान खानलाई भेट्न ११ सय किलोमिटर साइकल यात्रा।

मुम्बई, १९ पुस । अभिनेता सलमान खानले गत २७ डिसेम्बरमा आफ्नो ५७ औं जन्मदिन मनाए । यही मौकामा उनको एक झलक पाउन हजारौं फ्यान उनको घर अगाडि आएका थिए । सलमान जोकोही फ्यानलाई भेट्न सक्दैनन, तर फ्यान समीरको मामलामा भने उनी अलग देखिए । जबलपुर बस्ने समीर चिसो मौसमका बाबजुद पनि ११ सय किलोमिटर साइकल […]

पुरा पढ़नुश

शुरु हुँदै सिद्धबाबामा सुरुङमार्गको निर्माण।

बुटवल, १९ पुस । मृत्यु मार्गको रुपमा कहलिँदै आएको सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी डेढ महिनाभित्रै सुरु हुने भएको छ । सुरुङमार्ग आयोजनाको डिजाइन तयार भएसँगै अब निर्माण सुरु हुन लागेको हो । यो सडक खण्डमा हरेक वर्ष पहिरोका कारण धेरैले ज्यान गुमाउने गरेका छन् । यसको नियन्त्रणको लागि सुरुङमार्ग निर्माण अघि बढाइएको हो । ठेक्का सम्झौता […]

पुरा पढ़नुश

प्रुडेन्सियल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने।

काठमाडौं, १९ पुस प्रुडेन्सियल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्न लागेको हो । कम्पनीले सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी ६.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल बिमा प्राधिकरण […]

पुरा पढ़नुश

बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

  बारा, १९ पुस इलाका प्रहरी कार्यालय निजगढले १५ वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक घरमा डेरा गरी बस्दै आएका भारत मजफरपुर थाना सरहिया ग्राम घर भएका वर्षका ३७ का लालबाबु चौधरीलाई नियन्त्रणमा लिएको हो । चौधरीले कोठामा पुगेकी किशोरीलाई ललाइफकाइ […]

पुरा पढ़नुश

थाहा पाउनुहोस् आजको मौसम

काठमाडौं,  १९ पुस देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना […]

पुरा पढ़नुश