नेप्से परिसुचक दोहोरो अंकले वृद्धि, दुई अर्बभन्दा बढी कारोबार

काठमाडौं, ११ मंसिर साताको पहिलो काराेबार दिन आइतबार सेयर बजार १.६८ प्रतिशतले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा पुगेको हाे । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३४ अङ्कले बढेर ३८६.२६ विन्दुमा पुगेको छ। यस्तै, बिहीबार नेप्से परिसुचक दोहोरो अंकले वृद्धि भएको र ९२ करोडभन्दा बढीको कारोबार भएको […]

पुरा पढ़नुश

ओली भेट्न बालकोट पुगे प्रकाशमानसिंह।

काठमाडौं, ११ मंसिर काठमाडौं क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सासंद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार बालकोटस्थित ओली निवासमा पुगेर सिंहले उनलाई भेटेको सिंहको सचिवालयले जनाएको छ । सचिवालयले उनीहरूबीच भएको भेटघाटको तस्बिर पनि सार्वजनिक गरेको छ । उनीहरूबीच के-कस्तो कुराकानी भएको खुलेको छैन ।

पुरा पढ़नुश

रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग

काठमाडौं, ११ मंसिर नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीहरूको भर्ना खुलाएको छ । कम्पनीले सेवा करारमा लिन नेपाली नागरिकहरूलाई भर्ति गर्न लागेको हो । कम्पनीले चार जना रेल चालक, चार जना स्टेसन मास्टर, १ जना ट्रयाक इन्जिनियर र १ जना एयर कन्टिसनर इन्जिनियर मागेको छ । रेल चालकमा भर्ती हुन रेल चालकको लाइसेन्सप्राप्त गरी कम्तिमा […]

पुरा पढ़नुश

यस्तो छ विश्वकै गगनचुम्बी आवासीय भवन:दुबईमा

एजेन्सी दुबई, ११ मंसिर दुबईमा एउटा नयाँ गगनचुम्बी भवन विश्वकै सबैभन्दा अग्लो आवासीय भवन भएको बताइएको  छ  । बुर्ज बिनघट्टी जेकब एण्ड को रेसिडेन्स विश्वकै अग्लो भवन भएको सो भवनका निर्माण कम्पनीहरुले जनाएका छन् ।  युनाइटेड अरब इमिरेट्सको सम्पत्ति विकास कम्पनी बिनघट्टी र घडी निर्माता जेकब एण्डले भवन निर्माण गरेका हुन् ।  दुबै कम्पनीले हालै […]

पुरा पढ़नुश

आफूमाथि गोली प्रहार भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए खान

एजेन्सी इस्लामाबाद, ११ मंसिर पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूमाथि गोली प्रहार भएको तीन सातापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन् । पूर्वक्रिकेटरसमेत रहेका खानले आफ्ना समर्थकहरूलाई मृत्युको डर बिना बाँच्न आग्रह गरे । नोभम्बरको पहिलो साता भएको हमलामा एक जनाको मृत्यु भएको थियो र अन्य धेरै घाइते भएका थिए । पूर्वप्रधानमन्त्रीको दाहिने […]

पुरा पढ़नुश

प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता।

काठमाडौं, १० मंसिर भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आइरहेको र नयाँ सरकार गठनबारे चासो बढिरहेका बेला प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले जानकारी दिए । भेटमा भारतीय राजदूत श्रीवास्तवले समसामयिक राजनीतिक विषयमा […]

पुरा पढ़नुश

गृहमन्त्री बालकृष्ण खाणलाई बोहराले हराए।

भैरहवा, १० मङ्सिर रुपन्देही ३ बाट राप्रपाका वरिष्ठ नेता दिपक बोहरा विजयी भएका छन् । गृहमन्त्री बालकृष्ण खाण सहित २२ जना उम्मेदवार रहेका यो क्षेत्रमा ३६ हजार सात सय १७ मत ल्याई बोहरा विजयी भएका हुन् । खाणको हारसँगै रुपन्देहीमा सत्ता गठबन्धनको प्रतिनिधि सभामा क्लिन स्विप भएको छ । सत्ता गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीको समर्थनमा उम्मेदवार बनेका कांग्रेसका खाण ३४ […]

पुरा पढ़नुश

विश्व कपमा अस्ट्रेलियासँग ट्युनिसिया पराजित।

रसीद आलम। काठमाडौं, १० मंसिर विश्व कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ । कतारको अल जनौब रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलले पराजित गरेको हो । अस्ट्रेलियाका लागि २३औं मिनेटमा माइकल डुकले गरेको गोल नै निर्णायक बन्यो । यससँगै  समूह ‘डी’ मा रहेको अस्ट्रेलिया २ खेलमा ३ अङ्क […]

पुरा पढ़नुश

कुशवाहाको अग्रता उल्टाउदै बारा-२ मा यादव निर्वाचित

रसीद आलम। मधेस प्रदेश बारा, १० मंसिर बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सभा सदस्यमा जनता समाजवादी पार्टीका रामसहाय यादव निर्वाचित भएका छन् । यादव ३५४ मतान्तरले निर्वाचित भएका हुन् । यादवले १३ हजार ८२२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गरे । यादव दोस्रो पटक […]

पुरा पढ़नुश

घुस रकमसहित नवलपरासीबाट सशस्त्रका जवान पक्राउ

काठमाडौं, ९ मंसिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका जवानलाई घुस रकमसहित नियन्त्रणमा लिएको  छ । अख्तियारको टोलीले नवलपरासी सशस्त्र प्रहरी बल, सुरक्षा बेसक्याम्प सेमरीमा कार्यरत प्रहरी जवान मुख्तार देवानलाई ७ हजार घुस रकमसहित पक्राउ गरेको हो । प्रहरी जवान देवानले महेशपुर सीमा नाकाबाट सामानहरु खरिद गर्न सहजीकरण गरी र सेवाग्राहीसँग घुस माग गरेको सूचनाको […]

पुरा पढ़नुश