एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै

काठमाडौं,३१ असार  । नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगिएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगाएको हो । जस अनुसार विष्णुपौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वीसुब्बा गुरुङले सञ्चारमन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाल भौतिक योजनामन्त्री बन्ने भएका छन् भने विद्या भट्टराईले शिक्षा मन्त्रीको जिम्मेवारी पाउने भएकी छन् […]

पुरा पढ़नुश

काँग्रेसबाट को को बन्दै छन् मन्त्री ?

काठमाडौँ ,३१ असार । नेपाली कांग्रेसबाट मन्त्री हुनेको नाम टुंगिएको छ । कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जादै छ । उनलाई उपप्रधान सहित सहरी विकास मन्त्रालय दिइने भएको छ । त्यस्तै रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्रमन्त्री हुने निश्चित भएको छ । त्यसैगरी अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुने भएका छन् […]

पुरा पढ़नुश

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ,३० असार  । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त्त गरेका हुन् । ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ […]

पुरा पढ़नुश

स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप

काठमाडौँ,३० असार  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफुलाई उपसभापति स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा ढकालले आफुलाई वाग्लेको सचिवालयबाट पटक पटक फोन गरिएको र आफूसँग बस्ने भाईलाई फोन गरेर कुट्ने धम्कि दिएको आरोप लगाएका छन् । उनले भनेका छन्- ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्डले गुमाए संसदको विश्वास, विपक्षमा १९४ मत

काठमाडौँ,२८ असार  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएका छन् । विश्वासको मतसम्बन्धि प्रस्तावको विपक्षमा १९४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा एक सांसदले मत दिएका थिए । आजको मतदान […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै

कठमाडौँ,२८ असार  । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  ले आज संसदमा विश्वासको मत लिदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ । सरकारलाई समर्थन गरेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आज नेपालको संविधानको धारा १०० को उपधारा […]

पुरा पढ़नुश

म मन्त्री बन्दिन, पार्टीकै काम गर्छु- गगन थापा

विराटनगर,२७ असार  । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री नबन्ने प्रष्ट पारेका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले आफु पार्टीकै काममा व्यस्त रहेकाले सरकारमा नजाने बताएका हुन् । उनले पार्टी सभापतिलाई आफु सरकारमा नजाने बारे जानकारी गराएको बताए । उनले भने- ‘सांसदको रुपमा मैले क्रियाशील भएर यो सरकारलाई समर्थन गर्नेपनि, हाम्रो […]

पुरा पढ़नुश

सीता दाहालको स्मरणमा बालुवाटारमा श्रद्धाञ्जली कार्यक्रम

काठमाडौँ,२७ असार  । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन सङ्गीनी सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानन्त्री प्रचण्डसहित उनका परिवारका सदस्यहरूले क.सीता दाहालको तस्बीरमा पुष्पगुच्छा एवं माल्यार्पण गरेका थिए । श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, […]

पुरा पढ़नुश

बुढानिलकण्ठमा ओली-देउवा भेटवार्ता, सरकार गठन केन्द्रित छलफल

काठमाडौं,२७ असार  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता भएको छ । बुधबार साँझ देउवा निवास बुढानिलकण्ठ पुगेका ओलीले देउवासँग दुई घण्टाभन्दा लामो छलफल गरेका हुन् । ओलीसँग महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि छलफलमा सहभागी थिए भने कांग्रेसबाट सभापति देउवासहित उनकी पत्नी आरजु राणा र रमेश लेखक […]

पुरा पढ़नुश

माओवादीको निष्कर्ष- प्रधानमन्त्रीले विश्वासको मत नपाए धारा ७६ को ३ अनुसारनै सरकार बन्छ

काठमाडौं,२६ असार  । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले सदनमा विश्वासको मत प्राप्त गर्न नसके नयाँ सरकार संविधानको धारा ७६ को ३ बमोजिम गठन हुने दाबी गरेको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले असार २८ गते विश्वासको मत प्राप्त गर्ने दाबी गर्दै प्रधानमन्त्रीले विश्वासको मत नपाएमा संबिधानको धारा ७६ को उपधारा ३ अनुसारकै सरकार बन्ने […]

पुरा पढ़नुश