काठमाडौँ,२८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएका छन् । विश्वासको मतसम्बन्धि प्रस्तावको विपक्षमा १९४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा एक सांसदले मत दिएका थिए ।
आजको मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएका थिए ।
प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ । अब संघीय संसद सचिवालयले सरकारले विश्वासको मत गुमाएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनको आव्हान गर्ने छन् ।
पदमुक्त भए प्रधानमन्त्री प्रचण्ड:
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएसँगै पदमुक्त भएका हुन् ।
पदमुक्त भएसँगै शीतल निवास पुगे प्रचण्ड:
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमक्तु भएसँगै शितलनिवास पुगेका छन् ।
संसदमा विश्वासको मत गुमाएसँगै प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्नका संघीय संसद् भवनबाट सिधै शितलनिवास पुगेका हुन् ।
अब संसद सचिवालयले सरकारले विश्वासको मत गुमाएको पत्र राष्ट्रपति कार्यालयलाई जानकारी गराउनासाथ राष्ट्रपतिले नयाँ सरकार गठनको आव्हान गर्ने छन् ।
