वीरेन्द्र साह क्रियाशील पत्रकारीता पुरस्कार बाराका पत्रकार लक्ष्मी साहलाई प्रदान गरिने।

समाचार

बारा, १९ माघ । प्रेस चौतारी नेपालले बाराका स्वर्गीय पत्रकार वीरेन्द्रकुमार साहको नाममा स्थापना गरेको वीरेन्द्र साह क्रियाशील पत्रकारीता पुरस्कार यस वर्ष बारा जिल्लाका पत्रकार लक्ष्मी साहलाई प्रदान गर्ने भएको छ । प्रेस चौतारी नेपालले यस वर्षको वीरेन्द्र कुमार साह क्रियाशील पत्रकारीता पुरस्कार पत्रकार साहलाई दिने निर्णय गरेको हो ।

चौतारीका महासचिव हिरामान लामाले विज्ञप्ति जारी गरेर सो कुराको जानकारी दिऐ । साह, कान्तिपुरका बारा जिल्ला संवाददाता र प्रेस चौतारीको पूर्व केन्द्रीय सदस्य समेत हुन । उनले चौतारी बाराको जिल्ला अध्यक्षको जिम्मेवारी समेत सम्हालि सकेका छन भने उनी नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्षसमेत हुन् ।

प्रेस चौतारीको २२औं स्थापना दिवसका अवसरमा काठमाडाैंमा २२ माघमा हुने कार्यक्रमा साहलाई उक्त पुरस्कार प्रदान गरिने बताइएको छ ।

यस्तै प्रेस चौतारीले यस वर्ष हृदयचन्द्र सिंह स्मृति पत्रकारीता पुरस्कार रुपन्देहीका पत्रकार डाक्टर बालकृष्ण चापागाई, अग्निशीखा स्मृति पत्रकारीता पुरस्कार लमजुङका कृष्ण केसी, डेकेन्द्र थापा स्मृति पत्रकारीता पुरस्कार दैलेखका याम शर्मा, सावित्री–पद्ल्ष्मी बस्नेत स्मृति पत्रकारीता पुरस्कार सुनसरीका लिलाराज भट्टराइ र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारीता पुरस्कार डडेल्धुराकी ममता भट्टलाई दिने निर्णय गरेको महासचिव लामाले जानकारी दिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *