दशैँमा यात्रुलाई सहजता: सशस्त्र प्रहरीद्वारा उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन

समाचार

काठमाडौं, २ कात्तिक।

बडा दशैँ २०८३ को अवसरमा सर्वसाधारण नागरिकको आवतजावत सहज बनाउन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकाभित्र दुईवटा निःशुल्क बस सञ्चालन गरेको छ।

दशैँको समयमा सार्वजनिक यातायातको अभावका कारण यात्रुले भोग्नुपर्ने समस्यालाई न्यूनीकरण गर्ने तथा नागरिकलाई सहज, सुरक्षित र सुविधाजनक यात्रा उपलब्ध गराउने उद्देश्यले सशस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो।

सशस्त्र प्रहरी बलका अनुसार उक्त सेवा २०८३ कात्तिक २ गते सोमबारदेखि लगातार तीन दिनसम्म सञ्चालन हुनेछ। बस सेवा बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म उपलब्ध हुने व्यवस्था मिलाइएको छ।

चाडपर्वका बेला सार्वजनिक यातायातका साधनको अभाव हुँदा सर्वसाधारण यात्रुलाई गन्तव्यसम्म पुग्न कठिनाइ हुने अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले यो सेवा सञ्चालन गरेको जनाएको छ। निःशुल्क बस सेवाले दशैँका बेला उपत्यकाभित्र आवतजावत गर्ने नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपालले चाडपर्वको समयमा नागरिकको सेवा, सुरक्षा र सुविधालाई प्राथमिकतामा राख्दै निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको छ। नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्दै यात्रुलाई सहजता प्रदान गर्ने उद्देश्यले यस्तो सेवा निरन्तरता दिइएको सशस्त्र प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *