प्रधानमन्त्रीको नेतृत्वमा स्पेनमा लगानी प्रवर्द्धन कार्यक्रम सम्पन्न : खानेपानी मन्त्री यादवको सहभागिता

राजनीति समाचार

असार १९
म्याड्रिड, स्पेन ।

खानेपानी मन्त्री प्रदीप यादवले स्पेनको म्याड्रिडमा नेपाली दूतावासद्वारा आयोजित लगानी प्रवर्द्धन कार्यक्रममा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सहभागी भएका छन्।

बुधबार सम्पन्न सो कार्यक्रममा प्रधानमन्त्री ओलीले स्पेनका उद्यमी तथा लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्दै ऊर्जा, कृषि, सूचना प्रविधि, पर्यटन, स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा अपार सम्भावना रहेको जानकारी गराए।

प्रधानमन्त्रीले नेपालमा लगानीमैत्री वातावरण निर्माण भइसकेको उल्लेख गर्दै स्पेनका व्यवसायीहरूका लागि नेपालले सदैव स्वागत गर्ने ढोका खुला रहेको स्पष्ट पारे।

प्रधानमन्त्रीको प्रेरणादायी सम्बोधनले यहाँका उद्यमी तथा लगानीकर्तामा उत्साह र चासो थपेको खानेपानी मन्त्री यादवले बताएका छन्।

“हामी विश्वास गर्छौँ — प्रधानमन्त्रीज्यूको यो पहलले नेपालको आर्थिक समृद्धिको नयाँ युगको थालनी गर्नेछ,” मन्त्री यादवले भने।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *