नक्सालको कोरियन रेस्टुरेन्टमा विद्युत् सर्ट भएर आगलागी, सुरक्षा निकाय र दमकलको संयुक्त प्रयासमा नियन्त्रण

समाचार

काठमाडौं, कात्तिक ३ । काठमाडौं महानगरपालिका–१, नक्सालस्थित नारायणचौर नजिक रहेको एक कोरियन रेस्टुरेन्टमा विद्युत् तार सर्ट भएर आगलागी भएको छ।

मिति २०८३ कात्तिक ३ गते रेस्टुरेन्टमा विद्युत् तार सर्ट भई आगलागी भएको हो। आगलागीको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गणबाट खटिएको टोली तत्काल घटनास्थलमा पुगेको थियो।

आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल, अन्य सुरक्षा निकाय, काठमाडौं महानगरपालिका तथा विभिन्न नगरपालिकाबाट परिचालित दमकल र स्थानीयवासीले संयुक्त रूपमा प्रयास गरेका थिए। सबैको समन्वयात्मक प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ।

समयमै परिचालित सुरक्षा निकाय, दमकल टोली तथा स्थानीयवासीको सक्रियताले आगो नियन्त्रणमा लिन सहयोग पुगेको छ।

आगलागीबाट भएको क्षति तथा मानवीय क्षतिबारे भने प्राप्त विवरणमा खुलाइएको छैन।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *