काठमाडौं ,३ कार्तिक । बडादशैँ २०८३ को पावन अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. १९ गण हे.क्वा. (विशेष कार्यदल) बगलामुखीमा निशान, मौलो तथा कोत पूजा धार्मिक विधिपूर्वक सम्पन्न भएको छ।
मिति २०८३ कात्तिक ३ गते आयोजित उक्त विशेष पूजाका क्रममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले सशस्त्र प्रहरी बल, नेपालको निशानमा पञ्जाछाप लगाउनुभएको थियो।
कार्यक्रममा निशान भगवतीलाई सलामी अर्पण गरिएको थियो। साथै, सशस्त्र प्रहरी अधिकृत तथा बिल्लादार जवानहरूले विधिपूर्वक पूजाअर्चना गर्नुका साथै मौलो परिक्रमा गरेका थिए।
बडादशैँको अवसरमा आयोजना गरिने निशान, मौलो तथा कोत पूजाले सशस्त्र प्रहरी बल, नेपालको धार्मिक तथा सांस्कृतिक परम्परा, संगठनात्मक एकता र संस्थागत गौरवलाई प्रतिबिम्बित गर्दछ।
उक्त कार्यक्रमले संगठनको परम्परा र संस्कृतिको संरक्षण गर्दै राष्ट्रसेवाप्रतिको समर्पण, अनुशासन तथा कर्तव्यनिष्ठताको भावनालाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
