मधेश प्रदेश : २८ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान।

जनकपुरधाम, २२ पुस । मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले यही २८ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरुमा आह्वान गरेका छन् । प्रमुख मिश्रले २८ पुस बिहीबार अपरान्ह ४ बजेभित्र बहुमत जुटाएर मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन् । ‘मुख्यमन्त्री नियुक्ति गर्नको लागि नेपालको संविधान धारा १६८ को उपधारा १ बमोजिम कुनै […]

पुरा पढ़नुश

उपप्रधानमन्त्री रवि लामिछानेको सांसद पद यथावत रहने सर्वाेच्चको आदेश।

काठमाडौं, २२ पुस । सर्वाेच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद यथावत रहने आदेश दिएको छ । सर्वाेच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले लामिछानेको सांसद पद यथावत रहने आदेश दिएको लामिछानेका प्रमुख स्वकीय सचिव दीपक बोहराले जानकारी दिए ।

पुरा पढ़नुश

सर्वदलीय बैठक : सभामुखको ७ माघ र उपसभामुखको ९ माघमा निर्वाचन गर्ने प्रस्ताव।

काठमाडौं, २२ पुस । सर्वदलीय बैठकमा प्रतिनिधिसभाका सभामुख र उपसभामुखको निर्वाचनको मिति प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको आह्वानमा शुक्रबार बसेको सर्वदलीय बैठकमा आउँदो ७ माघमा सभामुख र ९ माघमा उपसभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको हो । उक्त मितिप्रति दलहरु सकारात्मक देखिएका बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् । संघीय संसदको […]

पुरा पढ़नुश

२५ पुसभित्र सरकार बनाउन दाबी पेश गर्न गण्डकी प्रदेश प्रमुखको आह्वान

काठमाडौं, २१ पुस । गण्डकी प्रदेश प्रमुख प्रमुख पृथ्वीमान गुरुङले २५ पुससम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् । गण्डकी प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण दुई वा दुुईभन्दा बढीहरू मिलेर बहुमत पुर्याइ दाबी पेश गर्न उनले बिहीबार आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयबाट जारी सूचनामा भनिएको छ, ‘निर्वाचन […]

पुरा पढ़नुश

पृथ्वीजयन्तीमा राप्रपाको जलपान समारोह।

काठमाडौं, २१ पुस । राप्रपाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जलपान समारोह गर्ने भएको छ । ३०१औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंमा राप्रपाले जलमान समारोह गर्न लागेको हो । २०६२/०६३को जनआन्दोलनअघि हरेक वर्ष २७ पुसमा सरकारले राष्ट्रियस्तरमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरेको थियो । तर, जनआन्दोलनयता भने सरकारले मनाउन छाडे पनि […]

पुरा पढ़नुश

मन्त्रालय फुटाउने पक्षमा सरकार छैन : गृहमन्त्री।

  काठमाडौं, २० पुस सत्ता साझेदार दलका शीर्ष नेताहरुको आज बसेको बैठकमा सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने छलफल भएको बैठकपछि उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । आजको बैठकमा केन्द्र […]

पुरा पढ़नुश

गृहमन्त्री लामिछानेलाई बधाई दिन कुलमान घिसिङ सिंहदरवारमा।

काठमाडौं, १९ पुस । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् । सिंहदरवारस्थित गृहमन्त्रालयमा मंगलबार पुगेर घिसिङले उपप्रधानमन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । सञ्चार क्षेत्र छाडेर केही महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्दै लामिछाने गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा […]

पुरा पढ़नुश

२६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन संसद सचिवालयमा प्रधानमन्त्रीको पत्र।

काठमाडौं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद सचिवालयमा पत्र दिएका छन् । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जसकारण प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसद सचिवालयलाई २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्र दर्ता गरेका […]

पुरा पढ़नुश

बालुवाटारमा प्रधानमन्त्री र निर्वाचन आयोग पदाधिकारीबीच छलफल

काठमाडौं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार पुगेका निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री प्रचण्डले गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाा सदस्य निर्वाचनको समीक्षा गर्दै राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि गरिने निर्वाचनको विषयमा छलफल भएको छ । सरकारको समर्थनमा आयोगले राष्ट्रपति निर्वाचनको मिति […]

पुरा पढ़नुश

आम जनता पार्टीले तोक्यो मधेश प्रदेशका जिल्ला संयोजक, पर्सामा कदम रसुल।

काठमाडौं, १७ पुस । प्रभु साह नेतृत्वको आम जनता पार्टीले मधेश प्रदेशका आठ जिल्लामा संयोजक, सचिव र इन्चार्ज तोकेको छ । पार्टीको अन्तरिम विधान २०७९ बमोजिम मधेश प्रदेशका आठवटै जिल्लाका संयोजक, सचिव र इन्चार्ज तोकेको अध्यक्ष साहले जानकारी दिए । उनका अनुसार पर्सा संयोजकमा कदम रसुल, सचिवमा विश्वराज पटेल र इन्चार्जमा बाबुराम कौशिक रहेका छन् […]

पुरा पढ़नुश