प्रदेश १ : एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

विराटनगर, १७ पुस । प्रदेश १ का प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेका छन् । आइतबार उनले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक साताको समय दिएका हुन् । यही २४ पुस आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले समय […]

पुरा पढ़नुश

यो कार्यकालमा भाषण कम, काम धेरै गर्ने योजना छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १६ पुस तेस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकाल देश, जनताको पक्षमा, सुसासन र विकासको पक्षमा खर्चने बताएका छन् । चितवनमा शनिवार आयोजित कार्यक्रममा उनले बाँकी जीवन नेपाल र नेपाली जनताको पक्षमा बिताउने योजना बनाएको पनि बताए । कार्यक्रममा उनले यस कार्यकालमा भाषण कम, जनताको काम धेरै गरेर जनताको सेवक बन्ने प्रतिज्ञा […]

पुरा पढ़नुश

पूर्वगृहमन्त्री खाण भन्छन्–पार्टीभित्रैकाे शक्ति लागेर मलाई हराए

बुटवल, १६ पुस पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाणले चुनावमा आफूलाई हराउन पार्टीभित्र र बाहिरका शक्ति परिचालित भएको दाबी गरेका छन् । तर उनले को को परिचालित थिए भनेर खुलाएनन् । बिपी कोइराला अध्ययन प्रतिष्ठानको छैठौँ साधारणसभा, चौथो अधिवेशनको उदघाटन तथा ४६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा बुटवलमा शनिबार आयाेजित उनले यस्तो बताएका हुन् । आफूलाई […]

पुरा पढ़नुश

प्रभु साहको अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा

काठमाडौं, १४ पुस । प्रभु साहले नयाँ पार्टी घोषणा गरेका छन् । माओवादीबाट एमाले हुँदै स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका साहले आफ्नै अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा गरेका हुन् । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा नयाँ पार्टी घोषणा गरिएको हो । १५१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।  नेकपा खारेजसँगै एमाले र माओवादी आआफ्नो अस्तित्वमा […]

पुरा पढ़नुश

चीनको यो सहरमा दैनिक १ लाख कोभिड संक्रमित

एजेन्सी बेइजिङ, ११ पुस चीनको सांघाई नजिकैको ठूलो औद्योगिक प्रान्त झेजियाङ दैनिक करिब एक लाख नयाँ कोभिड संक्रमणसँग लडिरहेको छ । यो संख्या आगामी दिनहरूमा दोब्बर हुने अपेक्षा गरिएको प्रान्तीय सरकारले आइतवार जनाएको छ । संक्रमण राष्ट्रव्यापी रूपमा रेकर्ड संख्यामा बृद्धि भए पनि चीनले शनिबारदेखि पाँच दिनसम्म मुख्य भूमिमा कसैको पनि कोभिडबाट मृत्यु नभएको चिनियाँ […]

पुरा पढ़नुश

नागरिकता र पासपोर्ट छानबिनमा कुनै हस्तक्षेप हुँदैन : गृहमन्त्री लामिछाने

रसीद आलम। काठमाडौं, ११ पुस गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट छानबिनका लागि कुनै हस्तक्षेप नगर्ने बताएका छन् । सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहणका क्रममा लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने दाबी गरे । अपराध अनुसन्धान महाशाखले उनको पासपोर्टबारे सुक्ष्म ढंगले छानबिन गरिरहेकै बेला दलहरुले उनलाई गृहमन्त्री बनाएका छन् । ‘म, ऊ, मेरो, […]

पुरा पढ़नुश

रवि लामिछानेले पाउने भए उपप्रधानसहित गृहमन्त्रालय

काठमाडौं, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी पाउने भएका छन् । सत्तारुढ गठबन्धनमा भएको छलफलमा लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउने सहमति भएको हो । उक्त सहमति पश्चात लामिछाने शपथ ग्रहणको तयारीमा जुटेका छन् । २० सिटसहित संसदको चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा […]

पुरा पढ़नुश

माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त

  काठमाडौं, १० पुस नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा नेपालको ४४औं प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । प्रचण्डले ती सांसदहरुको समर्थनसहित […]

पुरा पढ़नुश

प्रचण्डलाई थप तीन सांसदको समर्थन

काठमाडौं, १० पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन थप तीन सांसदको समर्थन प्राप्त भएको छ । प्रचण्डले आफूलाई प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी पेस गर्ने क्रममा थप तीन जना सांसदको समर्थन प्राप्त भएको हो । एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टी […]

पुरा पढ़नुश

प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली सहमत

काठमाडौं, १० पुस माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् । ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो । सहमतिको ड्राफ्ट बनाउने कार्य भइरहेको ओलीको सचिवालयले जनाएको छ । सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिने भएको छ ।

पुरा पढ़नुश