पार्टी छाडेका कार्यकर्तालाई फर्किन उपन्द्र यादवको आग्रह

काठमाडौं, ५ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छाडेर गएकाहरूलाई आफ्नो पार्टीमा फर्कन आग्रह गरेका छन्। अध्यक्ष यादवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सबै नेता कार्यकर्ताहरुलाई पार्टीको मूलधारमा आउन एकताबद्ध भएर पार्टीलाई अघि बढाउन आग्रह गरेका हुन्। ‘जसपा नेपालबाट अलग भएर जानु भएका विभिन्न तह तप्काका साथीहरूलाई मूलधारमा फर्कन आह्वान गर्दछौं,’ उनले […]

पुरा पढ़नुश

सभामुख पार्टीको इशारामा चलेको कांग्रेसको आरोप

काठमाडौँ ४ जेठ । नेपाली कांग्रेसले सभामुख पार्टीको इशारामा चलेको आरोप लगाएको छ । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभामुख पार्टीको इशारामा चलेर जबर्जस्ती संसद चलाउन खोजेको आरोप लगाएका हुन् । उनले एमालेका सांसदहरुले इशारा गर्ने र सभामुखले बैठक अगाडी बढाउने दृश्य अनौठो देखिएको टिप्पणी गरे । उनले यसअघि कहिल्लै […]

पुरा पढ़नुश

अब संसदीय छानबिन समिति बन्दैन- रास्वपा

काठमाडौँ ,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय छानबिन समिति नबन्ने बताएको छ । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै रास्वपाका सांसद मनिष झाले अब संसदीय समिति नबन्ने दाबि गरे । उनले कांग्रेस आफ्ना सभापतिमाथि उठेको प्रश्नको छानबिन गर्न तयार भए मात्र संसदीय छानबिन समिति बन्ने दाबि गरे । उनले कांग्रेसका नेताहरु पिच्छे फरक कुरा […]

पुरा पढ़नुश

कति छ नरेन्द्र मोदीको सम्पत्ति ?

दिल्ली ,३ जेठ  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथपत्र अनुसार उनको सम्पत्ति ३ करोड रुपैयाँभन्दा बढी रहेको छ । यसमध्ये धेरैजसो रकम बैंकमा रहेको मुद्दती निक्षेप हो । प्रधानमन्त्री मोदीले मे १४ मा आफ्नो संसदीय सीट वाराणसीबाट चुनावी उम्मेदवारी दर्ता गराउदा पेश गरेको सम्पत्ति विवरणमा उनको अचल सम्पति नभएको उल्लेख छ । शपथपत्रमा दिइएको […]

पुरा पढ़नुश

घनश्याम भुसाल देखाए एकीकृत समाजवादीका १२ चुनौती

काठमाडौं,३ जेठ  । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी केन्द्रीय कमिटीको आठौँ बैठकमा छलफलका लागि सङ्गठनात्मक प्रतिवेदन पेश गरेका छन् । उनले आफ्नो प्रस्तावमा संगठनमा देखिएका मुख्य समस्यालाई विभिन्न १२ बुँदामा पार्टीको वर्तमान चुनौती पेश गरेका छन् । संगठनात्मक प्रस्तावमा उनले एकीकृत समाजवादीको उद्देश्य आजको पुँजीवादी समाजको ठाउँमा समाजवादी समाजको स्थापना गर्नु रहेको उल्लेख […]

पुरा पढ़नुश

एमालेको बारेमा विचार पुर्याएर बोल्न कांग्रेसका नेताहरुलाई ओलीको चेतावनी

काठमाडौं ,३ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्याएर बोल्न नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी दिएका छन् । पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्ने क्रममा ओलीले एमालेको बारेमा बोल्दा विचार पुर्याउनको लागि कांग्रेसका नेताहरुलाई चेतावनी दिएका हुन् । उनले भने,‘जहाँसम्म गिरिबन्धु टि स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपल्ट ५१ विघाह, एक पटक १९ […]

पुरा पढ़नुश

संसदको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौँ ,२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । बुधबार बिहान भएको भेटवार्तामा संसदको अवरोध हटाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गरेको सरकारको नीति तथा कार्यक्रमको धन्यवाद प्रस्ताव समेत पेश हुन नसकेपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् […]

पुरा पढ़नुश

नीति तथा कार्यक्रम: गरिब घर परिवार पहिचान गरिने

काठमाडौं,१ जेठ  । सरकारले आउँदो आर्थिक वर्षभित्र देशभर रहेका गरिब घर परिवार पहिचान कार्य सम्पन्न गर्ने बताएको छ । संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब लक्षित कार्यक्रम एकीकृत रूपले सञ्चालन गर्ने बताएका हुन् । उनले भने- पहिचान भइएका गरिबको स्थानीय तहबाट निःशुल्क स्वास्थ्य बिमा गरिने, गरिबको […]

पुरा पढ़नुश

सरकारको नीति तथा कार्यक्रम आज, कांग्रेसको अवरोधले अन्योलता

काठमाडौँ ,१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । संघीय संसद सचिवालयले सूचना जारी गर्दै राष्ट्रपति पौडेलले आज बस्ने संसदको संयुक्त बैठकमा अपराहन्न ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेसले संसद अवरोध गरिरहेका कारण मंगलबार सरकारले […]

पुरा पढ़नुश

ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने स्वास्थ्यमन्त्री यादवको प्रतिवद्धता

काठमाडौं, ३१ वैशाख । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पदभार ग्रहण गर्दै ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने निर्णय गरेका छन्। शितलनिवासमा पदभार ग्रहणलगत्तै मन्त्री यादवले रामशाहपथ पुगेर पदभार ग्रहण गरेका हुन्। पदभारका क्रममा उनलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए। प्रधानमन्त्री यादवले नवगठित दल जसपालाई समेटेर आज मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

पुरा पढ़नुश