राष्ट्रपतिद्वारा मिटरब्याज समस्या समाधान गर्नेसम्बन्धी अध्यादेश जारी

काठमाडौं, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार उक्त अध्यादेश जारी गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष उक्त अध्यादेश पठाउने निर्णय गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम […]

पुरा पढ़नुश

नवौँपटक मन्त्रिपरिषद् विस्तार : धनराज गुरूङ, मोहनबहादुर बस्ने र डिगबहादुर लिम्बू मन्त्री बने

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नवौँपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।  प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरूङ, मोहनबहादुर बस्ने र  डिगबहादुर लिम्बू मन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गत ११ पुसमा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई मन्त्रीमा नियुक्त […]

पुरा पढ़नुश

राष्ट्रपति पौडेलद्वारा संसद्को बजेट अधिवेशन आह्वान

काठमाडौं, २० वैशाख राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २४ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गरिएको हो । प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सदस्यलाई तोकिएको मिति, समय र स्थानमा उक्त दिन उपस्थित हुन अनुरोध […]

पुरा पढ़नुश

उपेन्द्र यादवले आज पद तथा गोपनियताको सपथ लिदैँ

काठमाडौं, १९ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिदैँछन् ।   गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ वाट बिजयी यादवले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन ।   संघीय संसद सचिवालयका दशरथ धमलाका अनुसार आज दिउँसो १ः०० बजे कानून समितिको हल, सिंहदरवारमा सभामुख देवराज घिमिरेले […]

पुरा पढ़नुश

अयोग्य लडाकुलाई दुई लाख दिने निर्णयबाट पछि हट्न सकिँदैन : प्रधानमन्त्री

चितवन, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीका प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयबाट पछि हट्न नसकिने बताएका छन् ।   चितवनमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय परिवर्तन नहुने बताएका हुन् ।   उनका अनुसार किस्ताबन्दीमा […]

पुरा पढ़नुश

ओलीजी माथीको आक्रामण प्रयासमा सत्तारुढ दलको संलग्नता छैन्ः प्रधानमन्त्री प्रचण्ड

चितवन, १८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको बताएका छन्  ।   चितवनमा आयोजित पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित आक्रामणमा सत्तारुढ दलको संलग्नता नरहेको पनि जनाएका छन् ।   ‘केपी ओलीजी पुर्व जाँदा केही आक्रामणको प्रयास भएको बुझियो, त्यसलाई सरकारले […]

पुरा पढ़नुश

सरकारी सम्मान तथा पुरस्कारमा २ प्रतिशत मजदुरलाई समावेश गरिनेछः प्रधानमन्त्री

काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड ले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने जनाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा प्रधानमन्त्री प्रचण्डले आज जारी गरेको शुभकामना सन्देशमा सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल […]

पुरा पढ़नुश

स्वास्थ्यमा सुधार देखिएपछि स्वदेश फर्किए राष्ट्रपति पौडेल

काठमाडौं, १८ वैशाख राष्ट्रपति रामचन्द्र पौडेल भारतमा स्वास्थ्योपचारपछि स्वदेश फर्किएका छन्। राष्ट्रपति आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका हुन्। उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भएको थियो। राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर थप उपचारका लागि गत वैशाख ६ गते श्री एयरलाइन्सको जहाजमार्फत भारत लगिएको थियो। […]

पुरा पढ़नुश

श्रमिक दिवसको शुभकामना दिदै देउवाले भने– मजदुर आन्दोलनको जगमा २००७ सालको क्रान्ति

काठमाडाैं, १८ बैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको जनक्रान्तिको आधार मजदुर आन्दोलनले बनाएको बताएका छन् ।   अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिदै सभापति देउवाले श्रमिकहरुको समस्यालाई समाधान गरेर मजदूर वर्गको हक र हितको सम्वर्धन गर्न नेपाली कांग्रेस सदैव सचेत भएर लागिरहने जनाएका छन्  । सभापति देउवाले मे १ तारिख— […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि लामिछाने बालुवाटारमा

काठमाडौैं, १७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।   आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । सो क्रममा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा लामिछानेलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएका छन् ।   यसअघि निर्वाचित भएपछि लामिछानेले […]

पुरा पढ़नुश