राष्ट्रपति कार्यालय पुग्यो सरकारले ल्याएको अध्यादेश।

काठमाडौं, २६ मंसिर रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ । राष्ट्रपति कार्यालयका संचार विज्ञ टीका ढकालले अध्यादेश आइपुगेको बताए । आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याएको हो । उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष […]

पुरा पढ़नुश

सरकारको अध्यादेश ल्याउने निर्णयप्रति कांग्रेस उपसभापति गुरुङ पनि असन्तुष्ट

रसीद आलम। काठमाडौं, २६ मंसिर नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पनि सरकारले जारी गर्न लागेको अध्यादेशप्रति असन्तुष्टि जनाएका छन् । टिकापुर घटनालाई लिएर जेल जीवन बिताइरहेका रेशम चौधरीलगायतलाई रिहा गर्न सरकारले मुलुकी अपराध संहिता पहिलो संशोधन विधेयक जारी गर्ने तयारी गरेरहेको बेला कांग्रेस उपसभापति गुरुङले असन्तुष्टि जनाएका हुन् । सामाजिक सञ्जालमा अध्यादेशतर्फ लक्षित गर्दै उपसभापति […]

पुरा पढ़नुश

एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलकाे आपत्ति

काठमाडौं, २५ मंसिर । एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन् । एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ । विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको भन्दै रावलले आपत्ति जनाएका हुन् । ढकाललाई सा‌ंसदमा […]

पुरा पढ़नुश

गण्डकीको समानुपातिक सांसद : कुनै जिल्लामा ७ जना, कतै नील।

रसीद आलम। पोखरा, २५ मंसिर गण्डकीमा समानुपातिक सांसदको सिट बाँडफाँट भएको छ । दलहरूले आफूले प्राप्त गरेका सिटहरूमा उम्मेदवार पठाएका छन् । निर्वाचन आयोगले उनीहरुलाई निर्वाचित भएको घोषणा गर्न बाँकी छ । दलहरुले पठाएका नामहरु हेर्दा समानुपातिक सांसदको बाँडफाँट जिल्लागत रुपमा समानुपातिक देखिएको छैन । ११ जिल्ला रहेको गण्डकीका तीन जिल्लाले समानुपातिक सांसद नपाउने भएका छन् […]

पुरा पढ़नुश

चुनाव लगानी गर्ने र असुल्ने दाेकान बन्याे : मुख्यमन्त्री भट्ट

धनगढी, २५ मंसिर । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले चुनाव लगानी गर्ने र लगानीकाे प्रतिफल असुल्ने माध्यम मात्रै बन्न लागेकाे बताएका छन् ।  चुनावमा गरिने खर्च हेर्दा टिकट ल्याउनदेखि जित्नसम्म कराेडाैं खर्च गर्ने र जितेपछि त्याे असुली गर्ने दाउ बन्ने गरेकाे मुख्यमन्त्री भट्टकाे भनाइ छ । धनगढीस्थित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले भने,  ‘चुनावमा कराेडाैं खर्च गर्ने […]

पुरा पढ़नुश

रास्वपाले चयन गर्‍यो समानुपातिक सांसद ।

रसीद आलम। काठमाडौं, २४ मंसिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा समानुपातिक सांसदको सूची बुझाएको छ । रास्वपाले शनिबार विभिन्न क्लष्टरबाट १३ सांसदको सूची बुझाएको हो । पार्टी सभापति रवि  लामिछानेको सभापतित्वमा शनिबार बसेको केन्द्रीय समिति बैठकले समानुपातिक सांसद छनोट गरेकोमा दलित महिला नपरेपछि विरोध भएको छ । स्वतन्त्र पार्टीले दलितबाट दुई जना पुरुष पठाएको छ […]

पुरा पढ़नुश

जनताले चाहेको परिवर्तन पूरा गर्न लागिपर्छु :प्रकाशमान सिंह।

काठमाडौं, २४ मंसिर कांग्रेस नेता प्रकाशमान सिंहले देशलाई राजनीतिक स्थायित्व कायम गर्नु नवनिर्वाचित सांसदहरूको पहिलो चुनौती भएको बताएका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले पहिला राजनीतिक स्थायित्व कायम गरी विकासको बाटोमा अघि बढ्नु पर्ने अवस्था रहेकाे बताए । उनले विकासको बाटोमा अगाडि बढाउन नागरिकको सुझाब सदैव आवश्यक रहेको पनि बताए । सिंहले अहिले नेपालको राजनीतिमा आएको परिर्वतनलाई […]

पुरा पढ़नुश

माओवादीले आयोगमा पठायो १४ समानुपातिक सांसदको नाम

काठमाडौं, २४ मंसिर नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ विभिन्न क्लस्टरबाट १४ सांसदको नाम निर्वाचन आयोगमा पेस गरेको छ । जसअनुसार खसआर्य पुरुषमा हितराज पाण्डे, महिलातर्फ विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा सिफारिस भएका छन् । यस्तै आदिवासी जनाजति महिलामा दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङको नाम आयोगमा […]

पुरा पढ़नुश

सरकार निर्माणका लागि अग्रसर हुन एमालेलाई कर्मचारी संगठनको आग्रह।

बुटवल, २३ मंसिर नेपाल निजामती कर्मचारी संगठनले एमालेले सरकार नबनाए मुलुकमा थप अस्थिरता निम्तिने चेतावनी दिएको छ । संघीय संसदमा दोस्रो ठूलो दल बनेपनि सरकार निर्माणका लागि अग्रसर हुन संगठनले एमालेलाई सुझाव दिएको छ । संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा मुलुकलाई आर्थिकरुपले टाट पल्टिनबाट जोगाउन र थप अस्थिरता हुन नदिन एमालेले […]

पुरा पढ़नुश

सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहा गर्नुपर्ने नागरिक उन्मुक्ति पार्टीको सर्त।

काठमाडौं, २३ मंसिर नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन भए सरकारमा सहभागी हुने निर्णय गरेको छ । आज काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायत जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुने निर्णय गरेको हो । रेशमसहितका नेताहरूलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय भएको पार्टीका […]

पुरा पढ़नुश