सात दिनभित्र सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

रसीद आलम। काठमाडौं, ३ पुस राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् । ‘प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत […]

पुरा पढ़नुश

सांसदहरूको सपथग्रहणपछि मात्रै सरकार गठनबारे छलफल गर्ने माओवादीको निर्णय।

काठमाडौं, ३ पुस सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नवनिर्वाचित सांसदको सपथग्रहण गरेरमात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइनुपर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले सांसदहरूको सपथग्रहण हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डले बताए । उता राष्ट्रपति विद्यादेवी भण्डारीले भने नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् […]

पुरा पढ़नुश

गण्डकीमा पुसभित्रै नयाँ सरकार, १५ दिनभित्र संसदको पहिलो बैठक।

पोखरा, ३ पुस संविधानअनुसार प्रदेश प्रमुखले अन्तिम नतिजा घोषणा भएको २० दिनभित्र प्रदेश सभाको अधिवेसन आह्वान गर्नेछन् । त्यसअघि नै सांसदहरूको सपथ भइसक्नुपर्छ । प्रदेश प्रमुखले सांसदहरूलाई सपथ खुवाउने व्यवस्था छ । २८ मंसिरमा निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको थियो । त्यसो हुँदा १८ पुसभित्र संसद बैठक बसिसक्ने छ । प्रदेश सभाको पहिलो बैठक […]

पुरा पढ़नुश

कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने,अबको प्रधानमन्त्री पनि कांग्रेसले दाबी गर्नु स्वभाविक : महत

रसीद आलम। काठमाडौं, २ पुस नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले निर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत छलफल हुनेछ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउँसो ३ […]

पुरा पढ़नुश

यसरी लिन्छन् सांसदले शपथ।

काठमाडौं, १ पुस नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ गराउने तयारी हुँदै छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन निर्वाचन आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइसकेको छ । साथै आयोगले बुधबार पत्रकार सम्मेलन गरेर पनि सार्वजनिक गरेको छ । चुनावको नतिजा सार्वजनिक भएको ३० दिनभित्र संसद बैठक आह्वान गर्नुपर्ने कानुनी व्यवस्था छ  । […]

पुरा पढ़नुश

राष्ट्रपतिलाई आज चुनावी नतिजाको प्रतिवेदन बुझाउँदै आयोग।

काठमाडौं, २९ मंसिर निर्वाचन आयोगले आमनिर्वाचनको नतिजाको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । प्रतिनिधिसभाको नतिजाको प्रतिवेदन राष्ट्रपति र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ । सोही अनुसार आज राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रस्तुत गरिने आयोगले जनाएको छ ।  प्रदेशसभाको प्रतिवेदन भने २ पुसमा मात्र प्रदेश प्रमुखहरूसमक्ष आयोगका पदाधिकारीबाट […]

पुरा पढ़नुश

आज चुनावको अन्तिम परिणाम सार्वजनिक गरिँदै।

रसीद आलम । काठमाडौं, २८ मंसिर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज बुधबार सार्वजनिक गर्ने भएको छ ।  ४  मंसिरमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोगले आज मध्याह्न साढे १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको आयोगले जनाएको छ । आयोगले यसअघि मंगलबार नै प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकको अन्तिम सूची […]

पुरा पढ़नुश

‘आमजनता पार्टी’ दर्ता गर्दै प्रभु साह, चुनाव चिन्ह मोबाइल, ६ पुसमा तदर्थ समिति गठन गर्ने।

रसीद आलम । काठमाडौं, २७ मंसिर रौतहट ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रभु साहले नयाँ पार्टीको नाम टुंगो लगाएका छन् । लामो आन्तरिक गृहकार्य र छलफलपछि साहले ‘आमजनता पार्टी’ नाम जुराएका छन् । त्यसका लागि आगामी ६ पुसमा सातैवटा प्रदेशका प्रतिनिधित्व हुने गरी तदर्थ समिति गर्न काठमाडौंमा बृहत् भेला गरिने भएको छ । भेला व्यवस्थापनको […]

पुरा पढ़नुश

राष्ट्रपतिसमक्ष पेस अध्यादेश तत्काल फिर्ता गर्न सर्वोच्च बारको आग्रह।

रसीद आलम । काठमाडौं, २७ मंसिर सर्वोच्च अदालत बार एसोसिएसनले काम चलाउ सरकारले अध्यादेश ल्याएको भन्दै अध्यादेशको विरोध गरेको छ । बारले गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिन अध्यादेश ल्याएको भन्दै त्यसलाई तत्काल फिर्ता गर्न सरकारसँग आग्रह गरेको छ । एसोसिएसनले मंगलबार एक विज्ञप्ति जारी गर्दै अध्यादेशले ‘संवैधानिक सर्वोच्चता, विधिको शासन, कानूनी मूल्य र मान्यता, फौजदारी […]

पुरा पढ़नुश

मधेश प्रदेश मुख्यमन्त्रीमा कृष्ण यादव र वीरेन्द्र सिंहको दाबेदारी

मधेस प्रदेश बिरगंज ,रसीद आलम। २७ मंसिर । मधेश प्रदेशको भावी मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादव र वीरेन्द्र सिंहको दाबी देखिएको छ । यादव कांग्रेस मधेश प्रदेशका सभापतिसमेत हुन् । रौतहट–१(२)बाट प्रदेशसभा सदस्य निर्वाचित यादव र सर्लाही–४(१)बाट प्रदेशसभा सदस्यमा विजयी सिंहबीच मुख्यमन्त्री बन्न प्रतिस्पर्धा चलिरहेको छ । दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षधर हुन् । मुख्यमन्त्री बन्न दुवैले […]

पुरा पढ़नुश