अमेरिकामा आज राष्ट्रपति निर्वाचन, कहिले आउछ नतिजा ?

काठमाडौँ,२० कार्तिक  । अमेरिकामा राष्ट्रपति चयनका लागि आज मतदान हुदै छ । यसपटकको निर्वाचनमा निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ, जसमा एकातर्फ पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प छन् भने अर्कोतर्फ डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस छन् । कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति पनि हुन् । ट्रम्पले जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका छन् […]

पुरा पढ़नुश

पाकिस्तानको लाहोर र भारतको दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर श्रेणीमा

काठमाडौँ,१९ कार्तिक  । पाकिस्तानको लाहोर शहर र भारतको नयाँ दिल्लीमा लगातर प्रदूषण बढेपछि वायु प्रदूषणको अवस्था गम्भीर श्रेणीमा पुगेको छ । लाहोरको गुणस्तर सूचकांक सोमबार ४८५ एक्यूआइ रहेको छ भने नयाँ दिल्लीको एक्यूआई ४३७ रहेको छ, जुन प्रदुषणको गम्भीर अवस्था हो । भारतको राष्ट्रिय राजधानी दिल्लीसहित उत्तर प्रदेश, हरियाणा र राजस्थानका पाँच प्रमुख सहरहरूमा वायु […]

पुरा पढ़नुश

साउदी अरबमा भेटियो करिब चार हजार वर्ष पुरानो शहर

काठमाडौँ,१९ कार्तिक  । पुरातत्वविद्हरूले साउदी अरबमा करिब चार हजार वर्ष पुरानो शहर फेला पारेका छन् । साउदीको मरुभूमि क्षेत्रमा लुकेको ४,००० वर्ष पुरानो सुदृढ सहरको खोजले त्यसबेलाको जीवन क्रमशः घुमन्तेबाट शहरी जीवनमा कसरी परिवर्तन हुँदै गइरहेको थियो भन्ने कुरा अनुसन्धानकर्ताहरूको दाबी छ । उत्तरपश्चिम साउदीमा पाइने यो पुरानो सहरको नाम अल-नाताह हो । यो सहर […]

पुरा पढ़नुश

विश्वको सबैभन्दा ठूलो र पुरानो गोहीको मृत्यु

काठमाडौँ ,१८ कार्तिक । विश्वको सबैभन्दा ठूलो र ११० वर्ष पुरानो गोहीको मृत्यु भएको छ । यो नर गोहीको नाम क्यासियस थियो । क्यासियस नामको यो गोही नुन पानीको प्राणी थियो र यसलाई सन् १९८० को दशकमा अस्ट्रेलियाको उत्तरी क्षेत्रमा राखिएको थियो । समातिएपछि यो नुन पानीको गोहीलाई अष्ट्रेलियाको क्विन्सल्याण्डमा राखिएको थियो । क्यासियस यस […]

पुरा पढ़नुश

भारतको बलरामपुरमा कार दुर्घटनामा दुई नेपालीको मृत्यु

कपिलवस्तु,१८ कार्तिक  । भारतको उत्तरप्रदेशस्थित बलरामपुर्मा कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। भारतको बलरामपुरमा पाँच जना सवार कार बससँग ठोक्किएपछि भएको दुर्घटनामा कपिलवस्तु बाणगङ्गा नगरपालिका- ९ का दिनेश बेल्बासे र गैँडाकोट नगरपालिका-६ का अनिल सापकोटाको मृत्यु भएको हो । उनीहरु तिहार मनाउन आफ्नो घर फर्किने क्रममा […]

पुरा पढ़नुश

जापानमा साइकल चलाउँदा मोबाइल चलाउनेलाई ६ महिनाको जेल सजाय

काठमाडौँ ,१६ कार्तिक । जापानमा साइकल चलाउँदा मोबाइल फोन प्रयोग गर्नेलाई ६ महिनासम्म जेल सजाय हुन सक्ने नियम लागु गरिएको छ । शुक्रबारदेखि लागू भएको नयाँ नियमअनुसार जापानको संशोधित सडक कानूनको उल्लङ्घन गर्नेहरूलाई अधिकतम छ महिनाको जेल सजाय वा एक लाख जापानी यान जरिवाना हुने भएको छ । जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार कोरोना महामारीको समयमा […]

पुरा पढ़नुश

स्पेनको बाढीमा मृत्यु हुनेको संख्या १५८ पुग्यो

काठमाडौँ ,१६ कार्तिक । भारी वर्षाका कारण स्पेनको दक्षिणपूर्वी क्षेत्रलगायत धेरै क्षेत्रमा बाढी आएको छ । बाढीमा परी मृत्यु हुनेको संख्या १५८ पुगेको छ । जस मध्ये १५५ जनाको भ्यालेन्सिया क्षेत्रमा मृत्यु भएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । राहत र उद्धार कार्य जारी रहेको प्रशासनले जनाएको छ । भ्यालेन्सिया सहरमा अवस्था गम्भीर रहेको बताइएको […]

पुरा पढ़नुश

राष्ट्रपतिको कुनै उम्मेदवारलाई समर्थन नगर्ने वाशिंगटन पोष्टको निर्णयपछि हंगामा !

काठमाडौँ ,१४ कार्तिक । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । एकातिर डेमोक्र्याटकी कमला ह्यारिस चुनावी मैदानमा छन् भने अर्कोतर्फ रिपब्लिकन तर्फबाट डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । यी दुईबीच कडा प्रतिस्पर्धा छ र उनीहरूलाई समर्थन गर्नेहरू खुलेर अगाडि आएका छन् । यसैबीच राष्ट्रपति निर्वाचनसँग जोडिएको एउटा रोचक घटना बाहिर आएको छ । रिपोर्टका […]

पुरा पढ़नुश

गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु

काठमाडौँ ,१३ कार्तिक । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजामा विगत एक वर्षदेखि जारी युद्धमा ४३ हजारभन्दा बढीको मृत्यु भएको जानकारी दिएको छ । जसमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो दुई दिनमा अस्पतालमा ल्याइएका ९६ जनाको मृत्यु भएको छ । यसैबीच, इजरायली सेना (आईडीएफ) ले उत्तरी गाजामा गत साताको अन्त्यमा अस्पतालमा […]

पुरा पढ़नुश

इरानमा चरमपन्थी समुहको आक्रमण, १० प्रहरीको मृत्यु

काठमाडौँ,११ कार्तिक  । इजरायली आक्रमणपछि इरानले अर्को आक्रमणको सामना गरेको छ । इरानको तफ्तानमा चरमपन्थी समूह जैश-अल-अदलले गरेको आक्रमणमा १० इरानी सुरक्षाकर्मी मारिएका छन् । तफ्तान क्षेत्र पाकिस्तानको सिमाना नजिक छ । इरानको गृह मन्त्रालयका अनुसार सशस्त्र आक्रमणकारीले इरानको सिस्तान र बलुचिस्तानको सिमानामा रहेको सहर तफ्तानको गोहरकोह क्षेत्रमा प्रहरी गस्ती इकाईमा हमला गरेको छ । […]

पुरा पढ़नुश